
८ असोज, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
चितवनको रत्ननगरमा रहेको बागदेवी आधारभुत विद्यालयमा असोज ८ गते देखि जिल्ला स्थरीय फुटबल प्रतियोगिता हुने भएको छ । जिरौना युवा क्लबको आयोजनामा उक्त कार्यक्रम हुन लागेको मंगलबार रत्ननगरमा पत्रकार सम्मेलन गरि आयाजकले जानकारी दिईएको छ ।
जिरौना युवा क्लवको आयोजना तथा रत्ननगर ११, १२ र १३ वडा कार्यालयको सहयोगमा वागदेवी आधारभूत विद्यालयको चौरमा प्रतियोगिता हुन लागेको हो । उद्घाटन खेलमा जयमंगला फुटवल क्लव र मिलीजुली टोल विकास संस्थाबीच प्रतिस्पर्धा हुने मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
जिल्लाका कुल १६ वटा टिमले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिताको विजेताले नगद ६० हजारसहित शिल्ड प्राप्त गर्ने क्लवका सल्लाहाकार हेमन्त पाख्रीनले जानकारी दिए । द्धितिय हुने टिमले नगद ३० हजार रुपैया र शिल्ड पाउनेछन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने प्रतियोगिताका संयोजक शतिस थापाले वताए ।
स्वर्गीय जगदिश खड्काले राष्ट्रिय टिममा रहेर फुटवल खेलेका थिए भने पछिल्लो समय प्रशिक्षक र रेफ्रीको भुमिका निर्वाह गर्दै आएका थिए । खड्काको ४० वर्षको उमेरमा वि.स. २०७३ सालमा निधन भएको थियो । पत्रकार सम्मेलनमा क्लवका सल्लाहाकार अजित चौरेलले स्वर्गिय खड्काले फुटवल खेलमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।