
८ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
चितवनको राप्तिमा पहिलो पटक प्रथम राप्ति महोत्सब २०७६ आयोजन हुने भएको छ । महोत्सब यहि असोज २९ गते देखि कार्तिक ९ गते सम्म ११ दिन राप्ति ७, बिरेन्द्रनगरको बिरेन्द्र आदर्श बिद्यालयको जग्गामा कार्यक्रम आयोजना गरिने मंगलबार बिरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा राप्ति उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रम संयोजक राज कुमार कंडेलले जानकारी दिए ।
यसै बिच असोज २९ गतेको औपचारीक कार्यक्रमको उद्घाटन भने पुर्व प्रधानमन्त्रि तथा ने.क.पा.का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने जानकारी दिईएको छ ।
राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघको सयुक्त आयोजनामा पहिलो पटक महोत्सव हुन लागेको हो । मंगलवार आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक एवम् राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कडेंलले यही असोज २९ गतेदेखी कार्तिक ९ गते सम्म महोत्सव हुन लागेको वताए । महोत्सवमा कृषि,पर्यटनलाई प्राथमिकता दिईएको छ ।
कृषि र पर्यटनसंग सम्वन्धी विभिन्न गतिविधी महोत्सव अवधिभर संचालन हुने संयोजक कडेंलले वताए । नगर भित्र रहेका पर्यटकीय गन्तव्यहरुको फोटोहरु तथा विभिन्न जातजातिहरुको भेषभुषाहरु परिसरमा राखेर सेल्फी जोनको व्यवस्था गरिने उनले वताए ।
महोत्सवमा करिव २५० वटा स्टलहरु रहनेछन् । ११ दिन सम्म चल्ने महोत्सवमा ५ करोडको कारोवार हुने लक्ष्य रहेको राप्ती उद्योग वाणिज्य संघका महासचिव परशुराम पाठकले वताए । पाठकका अनुसार महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु ६० र विद्यार्थीका लागि रु ४० को व्यवस्था गरिएको छ । महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरु प्रमोद खरेल,वद्री पंगेनी,पशुपति शर्मा,दुर्गेश थापा,रामजी खाँड,रमेशराज भट्टराई,ज्योति मगर,प्रकाश सपुत,प्रिति आले,कमल खत्री,खुमन अधिकारी,पल्पसा डंगोल लगायत हास्य कलाकारहरुको समेत दैनिक रुपमा प्रस्तुती रहने सास्कृतिक समिति संयोजक प्रदिप उप्रेतीले जानकारी दिए ।
प्रथम राप्ती महोत्सव २०७६२०७६ असोज २९ देखि कार्तिक ९ गते सम्मआयोजक : राप्ती नगरपालिका तथा राप्ती उद्योग बाणिज्य संघ
Gepostet von Bipin Sharma Acharya am Dienstag, 24. September 2019