महेश पाण्डे
८ असोज, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
चितवनको रत्ननगर १ मा रहेको साझा सहकारी भनेर चिनिने जन जाग्रीती सहकारी संस्था लि.ले किसानलाई मलको लोभ देखाउदै औषधि भिडाउने गरेको तथ्य बाहिर आएको छ । उक्त साझा सहकारी पुर्वी चितवनमा नाम चलेकै सहकारीमा पर्ने गरेको भएता पनि किसानहरु त्यसरी पिडीत भएपछि यो एउटा महत्वपुर्ण मुद्धा बन्ने निश्चित भएको हो । किनकी उक्त सहकारीमा रत्ननगरमा नाम चलेका ब्यक्तिहरुनै आवद्ध रहेका छन् ।
हामीले उक्त सहकारीका अध्यक्ष रमाकान्त पौडेललाई तपाईको सहकारीले मलको लोभमा किसानलाई औषधी भिडायो रे नी हो ? भनि सोध्दा उनले भने “हामीले हामीसंग मल लिन आउने किसानलाई औषधी पनि लानुस भनेको नै हो, खासमा हामीसंग सहकारीका हजार भन्दा धेरै सदस्य भएतापनि सदस्यता नभएका किसान पनि आउने गरेका छन् उनिहरुले मल हामीसंग लिने तर औषधी अरुसंग लगेको देखेर औषधी त्यसै पनि चाहीनै हाल्छ भनेर दिएका हौं यसलाई त्यसरीनै बुझ्नुहोला ।”
उक्त साझा सहकारीमा रत्ननगर, पदमपुर, खोलेशिमल लगाएतका धेरै ठाउबाट मल लिन किसानहरु आउने गरेका छन् । त्यसैत मल नपाएर बिरक्तिएका किसानहरुलाई मलको लोभमा औषधी भिडाउनु अपराध भएको रत्ननगर नगरपालिकाका कृषी बिकास अधिकृत रुद्र बहादुर शाहिले जानकारी दिए । उनले यदि यसो गरेको प्रमाणीत भए कारर्वाही पनि हुने बताए ।
किसानहरुको समस्या बुझ्न रत्ननगरका किसानहरुको खेतमा जाने क्रममा किसानले मल पाईन्छ भनेर औषधी आवश्कता बिनानै साझा सहकारीले दियो भनेर गुनासो गरेपछि नेपालीको आवाज डट.कम.ले समाचार पनि प्रकाशित गरेको थियो ।