महेश पाण्डे
८ असोज, सौराहा, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको मंगलबार भएको १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन बिना निस्कर्ष टुङ्गीएको छ ।
गत भदौ ३१ गते ४६ जना रेवान पदाधिकारी तथा सदस्य बसेर दिपेन्द्र खतिवडाको अध्यक्षतामा १५ जना पदाधिकारी र सदस्य रहने गरि लिखित निर्णय साथमा प्रतिबद्धता पनि लिईएको भएतापनि केहि पुर्व अध्यक्षले सो कुरा मान्न तयार नभएका कारण बिवाद उत्पन्न भएको हो । उक्त निर्णय नमान्नेमा पुर्व अध्यक्ष राजन भट्ट र बलराम दाहाल रहेका छन् ।
नेपालीको आवाज अनलाईनले रेवानका वर्तमान अध्यक्ष गोकर्ण गिरीलाई सम्पर्क गरी यसको बारेमा बुझ्दा उनले भने “तपाईले जे सन्नु भयो त्योे सहि हो, बैठक बसि निर्णय गर्दा भ्रमणमा जाने तर फेरि आएर उपाध्यक्षको बहाना बनाई निर्णय मान्न तयार नहुनु उचित छैन, यसले संस्थामा सहमती सहकार्य भन्ने भावनानै देखाउदैन । ”
सहमती मान्न तयार नदेखिएका भनेर आरोप लागेका रेवानका पुर्व अध्यक्ष लाल बहादुर भट्ट (राजन) लाई हामीले तपाईले ३१ गतेको सहमती किन मान्नु भएन भन्ने प्रश्न गर्दा उनले भने “रेवानको बिधानमा २ जना बाहेक उपाध्यक्ष बनाउने नियमनै छैन र अर्को कुरा वहालवाला समितीलाई निर्वाचन समितीले जस्तो समिती बनाउने अधिकारनै छैन, हाम्रो भनाई बिधान सम्बत जाउ भन्नेनै हो ।”
अध्यक्ष गिरीले असोज १० गते शुक्रबार फेरि सहमतीको प्रयास हुने तर त्यसमा पनि सहमती जुट्ने सम्भावना भने निकै कम रहेको बताए । गएराती पनि सहमतीको लागि निकै प्रयास भएतापनि त्यो भने संभव भएन ।
रेवान साैराहाकाे १३ अाैं साधरण सभा तथ ७ अां अधिवेशनकाे प्रत्यक्ष प्रशारण
Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Dienstag, 24. September 2019