
विकास पौडेल
८ असाेज, रत्ननगर
नेपालीको अावाज अनलाइन
चितवनमा धान रोपेर धानको बाल लाग्ने वेलामा बाला नलाग्ने समस्याले किसान चिन्तित वनेका छन् । पुर्वी चितवनको राप्ति नगरपालिका र खैरहनी नगरपालीकामा सुरुमा देखा परेको यो समस्या यति वेला रत्ननगरमा पनि देखा परेको छ ।
गरिमा नामको हाइव्रेड धानमा यो समस्या देखा परेको छ । यस्तो समस्या देखा पर्दा समेत स्थानिय निकाय मौन रहेको भन्दै रत्ननगरमा मंगलवार भेला भएका किसानको एक समुहले ११ सदस्य गरिमा हाइव्रेड धान वीउ पीडित किसान सङ्घर्ष समिति समेत गठन गरेको छ ।
सङ्घर्ष समितिले वुधवार तीन नम्वर प्रदेश मुख्य मन्त्री डोरमणी पौडेल र रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई ध्यानाकर्षण गराएको छ ।
ज्ञापन पत्र वुझदै मुख्य मन्त्री पौडेलले मन्त्री र मेयरलाई पनि यस विषयमा जानकारी नहुने भन्दै प्राविधिकहरु संग सल्ला गरेर किसानको समस्या समाधान गर्ने वताउनु भएको छ । उहाँले यो समस्या चितवनभर नै देखिएको जानकारी पाएको र यसको विषयका प्राविधिकवाट अनुगमन हुने वताउनु भएको छ ।
यता रत्ननगरका मेयर वनले गरिमा नामको हाइव्रेड धान भनिए पनि उक्त धानको विउनै नभएको सुनिएको कारण प्राविधिकवाट जाच गरिने र खराव विउ वेच्नेलाई एग्रोभेटलाई कार्वाही गर्ने वताउनु भएको छ ।
सङ्घर्ष समितिले भने स्थानिय निकायले किसानको समस्यालाई सामान्य तरिकाले हेरेको भन्दै ४८ घण्टा भित्र छानविन,क्षेतिपुर्ति लगायतका प्रक्रिया सुरु नगरे रत्ननगरका सम्पुर्ण एग्रोभेटहरुमा तालावन्दि गर्ने अध्यक्ष ओम रेग्मीले वताएका छन् ।