
महेश पाण्डे
८ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पूर्वी चितवनको रत्ननगरमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । जिरौना युवा क्लबको आयोजनामा रत्ननगर १२ मा रहेको बागदेवि आधारभूत बिद्यालयको खेल मैदानमा बुधवार देखि स्व. जगदिश खड्का स्मृती प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगीता सुरु भएको हो । कार्यक्रमको उद्घाटन रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले रेफ्रीलाई बल हस्तान्तरण गरि तथा पेनाल्टी किक हालेर गरेका थिए ।
प्रमुख अतिथी वनले रत्ननगरमा जिल्ला स्तरीय कार्यक्रम गर्नु निकै खुशिको कुरा भएको बताउदै अहिले अर्जेन्टीनाका स्ट्राईकर लियोनल मेस्सी बिश्व चर्चित खेलाडीको रुपमा चिनीएको बताउदै अब रत्ननगरमा धेरै मेस्सीहरु जन्मिनुपर्ने बताए ।
उनले नगरपालिकाले अबका दिनमा नगर स्तरीय फुटबल, भलिबल, क्रिकेट टिम निर्माण गर्न लागेकोले यस्ता कार्यक्रमबाट खेलाडि छनोटमा सहयोगी बन्ने बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा मिलीजुली युवा क्लब बिजयी भएको छ । जयमंगला फुटबल क्लब बिरुद्धको खेलमा मिलीजुली युवा क्लब ट्राईब्रेरमा ७ –६ गोलले बिजयी भएको प्रतियोगिताका संयोजक सतिष थापाले जानकारी दिए । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राईबे्रकरबाट गरिएको थियो ।
कार्यक्रममा नगर खेलकुद परिषदका संयोजक केशव आचार्य, वडा नं. १२ का वडा अध्यक्ष बिर बहादुर पाख्रीन, वडा नं. ११ का अध्यक्ष शशिभक्त न्यौपाने, वडा नं. १३ का कार्यबाहक अध्यक्ष हुकुम सुयाल, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष भिष्मराज पौडेल, स्वं. जगदीश खड्काकी श्रीमती सकुन्तला खड्का लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको रेफ्रिहरुमा प्रकाश भुजेल, गोपाल गुरुङ, अन्जन परियार लगाएत रहेका छन् ।
स्व. जगदिश खड्काकाे स्मृतीमा प्रथम जिल्ला स्तरिय फुटबल प्रतियोगिता अायाेजक: जिराैना युवा क्लब
Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Mittwoch, 25. September 2019