चितवन– पूर्वीचितवनको रत्ननगर ५ स्थित झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले सहकारी संस्थाले गरिब तथा विपन्न वर्गका शेयर सदस्यहरुको जीवनस्तर उकास्ने काममा योजना बनाएर काम गर्नुपर्ने बताइन् । उनले सहकारीले आर्थिक विकास र समाज रुपान्तरणको क्षेत्रमा लगानी गर्नुपर्ने बताइन् ।
वडाध्यक्ष कृष्ण महतोले झुवानीमा महिलाहरुले सुरू गरेको सहकारीले ग्रामीण क्षेत्रको आर्थिक विकासमा योगदान गरेको भन्दै सहकारीको कारोबारलाई विपन्न समुदाय केन्द्रित गर्नुपर्ने बताए । संस्थाकी अध्यक्ष सावित्री आचार्य पण्डितले प्रगति प्रतिवेदन, बजेट, नीति तथा कार्यक्रम, कोषाध्यक्ष शारदा महतोले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक जयन्ती रिजालले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशव आचार्य, मृगकुञ्ज बचत तथा ऋण सहकारी संस्थाका सचिव रोजनाथ पाठक, पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुजाता विष्टलगायतको सहभागिता रहेको थियो ।
संस्थाकी अध्यक्ष पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अर्चना दुवाडीले स्वागत मन्तव्य राखेकी थिइन् ।