चितवन– रत्ननगर नगरपालिकामा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत बिहीबार वडाभित्रका आमाहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ । बालश्रम न्यूनीकरणका लागि आमा समूहसँग अन्तक्र्रिया गरिएको हो ।

वडा नम्बर १४ लाई २०७६ मंसिरसम्ममा बालमैत्री तथा बालश्रममुक्त वडा बनाउने लक्ष्यका साथ आयोजित उक्त कार्यक्रम रत्ननगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवम् बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमका सदस्य उपेन्द्र शर्मा आचार्यको अध्यक्षतामा तथा वडा अध्यक्ष हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमका सन्तोष रेग्मीले वडाको वर्तमान अवस्था र बालमैत्री तथा बालश्रममुक्त वडा घोषणाका लागि आमाहरुले पु¥याउन सक्ने योगदानको बारे जानकारी गराउँदै सहजीकरण गरेका थिए ।

कार्यक्रममा वडा सदस्य गीता दाहाल, रत्ननगर नगरपालिकाका सी.एफ.एल.जी. फोकल पर्सन विश्वास श्रेष्ठ, रत्ननगर १४ का वडा सचिव वासुदेव रिजाल, आमा समूहका तर्फबाट गायत्री निरौलालगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सो वडाका वडा सदस्यहरु सुशीला परियार, मुकुन्दराज अधिकारी, सञ्जित थापामगर, १८ वटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, वडास्तरीय बाल संरक्षण समितिका सदस्यहरु, अनुगमन समितिका सदस्यहरु, आमा तथा महिला समूहका पदाधिकारी तथा सदस्यहरु, महिला स्वास्थ्य स्वयम्सेविका र अन्य गरी ९६ जनाको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया