
चितवन– पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नं १६ मा टोलस्तरीय फुटबल प्रतियोगिता बिहीबारबाट सुरू भएको छ ।
वडा कार्यालयले आयोजना गरेको सो प्रतियोगितामा वडाभित्रका १३ वटा टोल विकास संस्थाको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दैै वडाध्यक्ष हेमराज थापाले वडालाई फुटबलमा अब्बल बनाउन हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गरिँदै आएको बताए ।
प्रतियोगिताअन्तर्गत बिहीबार खैरेटी टोल विकास संस्था र सेवा केन्द्र टोल विकास संस्थाबीच उद्घाटन खेल भएको थियो ।
प्रतियोगिताको विजेतालाई ३५ केजीको खसी र उपविजेताले २५ केजीको खसी पुरस्कारस्वरुप प्रदान गरिने वडाध्यक्ष थापाले बताए ।