
महेश पाण्डे
१० असोज, काठमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
सरकारले पर्यटन दिवसको अवसर पारेर बिभिन्न व्यवसायमार्फत देशलाई योगदान पुर्याउने १० उत्कृष्ट कम्पनीहरुलाई पुरस्कृत गरेको छ । जस मध्य एक काठमाण्डौको ठमेलमा रहेको फ्लाईट कनेक्सन डोमेस्टिक प्रा.ली. पनि रहेको छ ।
विश्व पर्यटन दिवसको अवसर पारी शुक्रबार राजधानीमा आयोजिना गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनवहादुर बुढाले सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको ट्राभल एजेन्सीका रुपमा फ्लाइट कनेक्सन डोमेस्टिक प्रालिका प्रबन्ध निर्देशक जयराम रिमाललाई उक्त पुरस्कार प्रदान गरेका थिए । यस कम्पनीले ९४ लाख ५३ हजार २८३ अमेरिकी डलर एक वर्षमा कमाएको छ । एफसिआई ग्रुपका प्रबन्ध सन्चालक श्याम शुन्दर कंडेेेललेे यसरी पुरस्कार पाउदा निकै खुशि लागेको र अझ देशलाई योगदान दिन अझ ससक्त रुपमा लाग्ने बताए ।
त्यस्तै सोहि कार्यक्रममा बिभिन्न बिधाबाट सम्मान तथा पुरस्कार बितरण गरिएको थियो । त्यसमा सबैभन्दा बढी पर्यटक भित्राउने हवाई सेवा कम्पनीका रुपमा कतार एयरवेज जसले ३ लाख ९९ हजार ३ सय ३६ जना पर्यटक स्वदेश भित्र्याएको थियो ।
पुरस्कृत अन्य संस्थाहरुमा निजी क्षेत्रबाट पर्यटन गन्तब्यको विकास गरी पुर्याएको योगदान कालिन्चोक दर्शन प्रालि जसले केवलकार निर्माणसहित कुरीन्टारमा पर्यटकीय बसोबासको व्यवस्थापन गरेको, पर्यटन क्षेत्रमा धेरै रोजगारी सिर्जना गर्ने संस्था सोल्टी होटेल लिमिटेड जसले ९४०५ जनालाई रोजगारी दिएको, निजी क्षेत्रबाट अपांगता भएका व्यक्तिलाई सक्षम बनाई रोजगारी दिने संस्था द बेकर क्याफे प्रालि, सामाजिक उत्तरदायित्व निर्वाह गर्ने फिस्टेल लज पोखरा जसले शतप्रतिशत आम्दानी मुटुरोग तथा अन्य विभिन्न संघसंस्थालाई दिने गरेको, निजी क्षेत्रको पर्यटन सम्बन्ध व्यवसायमा संलग्न निकाय तथा कम्पनीमध्ये धेरै राजस्व दाखिला गर्ने बुद्ध एयर जसले २०७५/७६ मा ५८ करोड ६७ लाख ५६ हजरा ९ सय ४४ रुपैयाँ दाखिला गरेको, सामुदायिक होमस्टे नाम्जेथुम्की सामुदायिक होमस्टे, धनकुटा, पर्वतारोहण क्षेत्रमा सबैभन्दा धेरै पर्वतारोहण दल ल्याएर धेरै रोयल्टी जम्मा गर्ने सेभेन समिट ट्रेक्स प्रालि, २५ दल, २६३ पर्वतारोही जसले ९ लाख ३० हजार १ सय ९० डलर रोयल्टी तिरेको छ ।