
रत्ननगर १० असोज ।
रत्ननगरमा आजवाट हप्तामा दुई दिन सोमबार र शुक्रबार हाटबजार सञ्चालन हुने भएको छ । शुक्रबार एक समारोहका विच रत्ननगर १० वबुलहरमा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले हाटबजार उद्धघाटन गर्नु भएको छ ।
उद्धघाटन गर्दै मेयर वनले रत्ननगरमै पहिलो पटक हाट वजार सञ्चालनमा आएको वताउदै रहरको लागि मात्रै नभएर निरन्तरताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । वनले यस्तै वजार रत्ननगरका सवै वडामा सञ्चालन गर्ने योजना वनाएको वताउनु भएको थियो । उहाँले विषादि रहति फलफुल तथा तरकारी विक्री वितरण गर्न निर्देशन समेत दिनु भएको छ ।
त्यसतै कार्यक्रमका विशिष्ट अतिथि उपमेयर विमला दुवाडी रहनु भएको थियो । उपमेयर दुवाडीले आफ्नै घर आगनमै हाटवजार सञ्चालन हुदा महिला दिदिवहिनिलाई सहज हुने वताउनु भएको छ । यहाले यात्राको क्रममा मधेस क्षेत्रमा वढी देखिने हाटवजार आफ्नै ठाउमा सञ्चालनमा आएको भन्दै खुसि व्यक्त गर्नु भएको थियो ।
त्यसतै कार्यक्रमका विशिष्ट अतिथि रत्ननगर १० का अध्यक्ष केशव आचार्य रहनु भएको थियो । आचार्यले हाटवजार वाट निस्कने फोहोर मैला व्यवस्थापन प्रमुख समस्या हुने भन्दै त्यसको व्यवस्थापनमा सुरु देखिनै ध्यान दिन आवश्यक रहेको वताउनु भएको छ । उहाँले हाट वजार सञ्चालन रहेको १० नम्वर वडा भित्रको उत्पादन भएको वस्तुको लागि विशेष व्यवस्थाका साथ विक्रि वितरण गर्न पाउने व्यवस्था मिलाउन व्यवस्थापन समितिको ध्यानकर्षण गराउनु भएको थियो ।
हाटबजार रत्ननगर १० मा रहेको कल्याण टोल बिकास संस्था तथा हरिहर टोल बिकास संस्थाले ब्यवस्थापन गर्ने र रत्ननगर नगरपालिका सहयोगि रहने हाट बजारका संयोजक तथा कल्याण टोल बिकास संस्थाका अध्यक्ष केशव प्रसाद रिजालले वताउनु भएको छ । उहाँका अनुसार हाटवजार बिहान ७ बजेदेखी राती ९ बजे सम्म सञ्चालन हुने छ ।
उद्धघाटन समारोह हाटवजार व्यवस्थापन समितिका अध्यक्ष रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।