महेश पाण्डे

सौराहा- क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको अध्यक्षमा दिपेन्द्र खतिवडा सर्वसम्मत चयन भएका छन् ।

रेवानको मंगलवार भएको १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनमा कुनै कुरा नमिलेपछि शुक्रबारसम्म छलफल गरी निर्णय लिने सहमति भएको थियो ।

सोहीअनरुप शुक्रबार सहमति भई नयाँ कार्यसमिति बनेको हो । संस्थाको प्रथम उपाध्यक्षमा नरेश गिरी, द्धितीय उपाध्यक्षमा अर्जुन चौधरी र तृतीय उपाध्यक्षमा कपिल रेग्मी चयन भएका छन् ।

संस्थाले विधान संशोधन गरेर अगाडि बढ्ने रेवानका निवर्तमान अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।

रेवानको महासचिवमा कृष्ण भट्ट, सचिवमा शम्भुप्रसाद माली, कोषाध्यक्षमा गोपीकृष्ण विडारी र सहकोषाध्यक्षमा सूर्यहादुर रिमाल चयन भएका छन् ।

सदस्यहरुमा इन्द्रराज चौधरी, राजेशकुमार तामाङ, देवकला भट्टराई, ईश्वर रिजाल, वीरबहादुर तामाङ, पुरुषोत्तम लामिछाने, कुमार जोशी र अम्बिका भट्ट चयन भएका हुन् । लेखा समिति संयोजकमा दुर्गाप्रसाद घिमिरे चयन भएका छन् भने सदस्य चयन हुन बाँकी छ ।

आगामी १४औं सौराहा फुड फेस्टिवलको संयोजकमा ध्रुव गिरीलाई चयन गरिएको छ भने सहसंयोजकमा लीलाबहादुर अधिकारी रहेका छन् ।

तपाईको प्रतिक्रिया