चितवन- चितवनको रत्ननगरमा शुक्रवार देखि आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पूर्वी चितवन स्पोट्र्स क्लव रत्ननगर ३ ले आयोजना गरेको सो प्रतियोगिताको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मर कट्टेले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री कट्टेलले खेलको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए । खेलकुद मुलुकको आर्थिक विकाससंग जोडिएको विषय भएकाले यसको विकास हुन सके मुलुक आर्थिक संमृद्धिको बाटोमा अगाडि बढने बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले रत्ननगरका खेलकुलका पूर्वाधार आवश्यक रहेको भन्दै केन्द्र,प्रदेश र स्थानीय सरकारको समन्वयनमा काम गरिने बताए । अर्को बर्ष रत्ननगर ३ मा कर्वडहल निर्माण हुने र विस्तारै अन्य पूर्वाधार निर्माण गर्दै जाने योजना रहेको उनले बताए । प्रतियोगितामा ३० देखि ५० जिल्ला करिब १०० वटा टिमको सहभागिता रहेको छ ।

बेल्सीमा रहेको कर्वडहल निर्माण स्थलमा प्रतियोगिता सूरु भएको हो । प्रतियोगिता अन्तर्गत शुक्रवार पहिलो चरणको खेल भएको संयोजक पुरु खनालले जानकारी दिए । तीन दिन सम्म चल्ने सो प्रतियोगितामा ओपन डबल र भेट्रान डवलका खेलहरु सुरु भएका छन ।

प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेलाई ६१ हजार र दोश्रो हुनेलाई ३१ हजार तथा भेट्रान तर्फ प्रथम हुनेलाई २५ हजार र दोश्रो हुनेलाई १५ हजार पुरस्कार,शिल्ड तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक विकास डल्लाकोटीले जानकारी दिए ।

प्रतियोगितामा भएको आम्दानी मध्यबाट २० प्रतिशत बजेट अनाथ वालवालिकाको शिक्षका लागि सहयोग गर्ने योजना रहेको क्लवका अध्यक्ष केवल न्यौपानेले बताए । प्रतियोगितामा आयसर ट्याक्टरको आधिकारीक विक्रेता न्यू एसडी अटो ट्रेडिङ ज्यामिरेले प्रायोजन गरेको छ ।

क्लवका अध्यक्ष केवल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सांसद घनश्याम दाहाल,कन्चन खनाल,नेकपाका नेता इश्वरी भट्टराई,राजु अम्गाई,वडा नं ३ का वडाध्यक्ष गोविन्द भट्टराई,कार्यपालिका सदस्य मिना गिरी,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,उपाध्यक्ष शंकर गिरी, न्यू एसडी अटो ट्रेडिङका सञ्चालक सिन्धु नेपाल लगायतको सहभागिता रहेको थियो । सचिव राजु भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा संयोजक पुरु खनालले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया