रत्ननगर । चितवनको रत्ननगरमा सञ्चालित क्वेष्ट मोडेल कलेजमा अध्ययनरत कक्षा १२ का बिद्यार्थीहरुले कक्षा ११ लाई स्वागत गरेका छन् ।
शुक्रबार भएको उक्त कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वडा नं. १० का वडा अध्यक्ष केशव आचार्यले सबैभन्दा धेरै बिद्यालय भएको वडा रत्ननगर १० भएको बताउदै हालका दिनमा बिशेषगरि कक्षा ११ र १२ मा पढ्ने युवाहरुको समय कुलतमा फस्ने समय भएकोले बेलैमा यो कुरा बुझ्न नसके जिवनमा धेरै दुःख पाईने बताए ।
बिशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय टांडीका प्रहरी नायव उपरिक्षक भावेष रिमालले आजकल मानीसहरु डिजिटल मैत्री भएको र यही प्रवीधिलाई प्रयोग गर्न नजान्दा धेरै दुःख पाएको बताए । उनले मानिसहरु कहि कतै घुम्न जादा फेशबुकमा हामी एक हप्तालाई घुम्न जादै भनेर स्टाटस हाल्छौ तर त्यसले चोरलाई निम्ता दिईरहेको कुरालाई ख्याल गर्दैनौ भन्दै त्यस्ता कुरामा संवेदनशील हुन आवश्यक रहेको बताए ।
क्वेष्ट कलेजका क्याम्पस प्रमुख जगदिश चन्द्र शर्माले स्वागत तथा बिदाई कार्यक्रम हरेक कलेजको महत्वर्पुण कार्यक्रम भएकोले यस्ता कार्यक्रमले नया र पुराना बिद्यार्थीहरुमा चिनजान हुन गई साथीत्वको बिकास हुने बताए ।
कलेजका अध्यक्ष निराजन खनालले आफुहरु संंधै बिद्यार्थीहरुको आवश्यकता अनुशारको भौतीक तथा बिद्यार्थी मैत्री वातावरण निर्माणमा लागि रहेकोले कलेजमा अध्ययन गर्न आउने बिद्यार्थीलाई कसरी सफल बनाउने भन्ने बिषयनै पहिलो प्राथमीकता भएको बताए ।
कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष रमाकान्त पौडेल, न्युज २४ का चितवन पत्रकार केदार शर्मा, नेपालीको आवाज डट कमका अध्यक्ष महेश पाण्डे लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रम कक्षा १२ मा अध्ययनरत बिद्यार्थी प्रशिस अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्वेस्ट मोडल कलेज, रत्ननगर, चितवनको कार्यक्रमWelcome Program for Grade xiOrg by: Grade XIi-2076Quest Model CollageRatnanagar-10, Chitwan
Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Donnerstag, 26. September 2019