महेश पाण्डे
१२ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

सपना भिलेज सोसियल ईम्प्याक्ट, रत्ननगरले चितवनको सिद्धीमा रहेका बासिन्दाहरुलाई खुशि बाडेको छ । शनिवार साबिक सिद्धी गाबिसका वडा नं. १० र ११ मा पर्ने र हाल कालिका नगरपालिका वडा नं. ९ र १० मा पर्ने बासिन्दाहलाई एक कार्यक्रमका बिच पेरुमा नमुनाको रुपमा रहेको प्रतियोगितात्मक मोडलमा समुदायमानै बिभीन्न बिधामा प्रतियोगिता गराई पहिला काम र पछि मुल्याङकन गरि पुरस्कृत गर्ने पद्धती अनुशारनै पुरस्कृत गरिएको हो ।

नेपालीको आवाज डट कमसंग कुराकानी गर्दै संस्थाका अध्यक्ष ध्रुव गिरीले भने “हामी करिब ३ बर्ष अगाडी सिद्धिको यो ठाउँमा स्वास्थ्य शिविर गर्न आउदा शिक्षा, स्वास्थ्य, आर्थीक उपार्जन लगाएत हरेक क्षेत्रमा यहा समस्या देखेपछि हाम्रो टिमले यहाँ केहि न केहि गर्नुपर्छ भन्ने सोच बनायो र त्यसपछि काठमाण्डौको एउटा संस्थासंग मिलेर बाटो बनाउने, खानेपानी बिकास लगाएतका क्षेत्रमा सहयोग गर्न थाल्यौ तर त्यो सफल हुने नदेखिएपछि पेरुमा रहेको प्रतियोगितात्मक मोडलमा कार्यक्रम लैजानको लागि केहि कर्मचारीहरुलाई पेरुनै पठाएर तालिम लिन लगायौ र त्यहि मोडलमा कार्यक्रम सञ्चालन गर्यौ जसको परिणाम तपाईले देख्नुभएको छ ।”

पहिला काम अनि पुरस्कारको प्रकृया भएकाले काम गरि पुरस्कार लिन आउनेको कार्यक्रमा उल्लेख्य उपस्थिती देख्न सकिन्थ्यो । जसमा सबैभन्दा धेरै ९० प्रतिशत चेपाङको उपस्थिती थियो भने केहि अन्य जातीका समुदायका मानिसहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतियोगिताका बिधाहरुमा अन्र्तरघर प्रतियोगिता (जस अन्र्तगत परिवार स्वास्थ्य, खानेपानी, सुत्ने ब्यवस्था, सरसफाई आदिलाई हेरेर मुल्याकंन गरिएको जसको पुरस्कार राशि १५००० रहेको), अन्र्तर समुुदाय प्रतियोगिता (जसमा महिला मुख्य भएर सहभागीता जनाउनुपर्ने), अन्र्तर टोल प्रतियोगिता (जसमा सबैटोलको सबैकुरा हेरेर पुरस्कृत गरिएको र पुरस्कार राशि प्रथम ८५ हजार, द्धितीय ६५ हजार, तृतीय ५० हजार रहेको), अन्र्तर बिद्यालय प्रतियोगिता (जसमा सबै बिद्यालयका सबैकुरा हेरेर पुरस्कृत गरिएको र पुरस्कार राशि प्रथम ८५ हजार, द्धितीय ६५ हजार, तृतीय ५० हजार रहेको), स्वास्थ्य स्वंयम सेविका प्रतियोगिता (स्वास्थ्य सेवा दिने कुराहरु, खोप लगाएतका सबैकुरा हेरेर पुरस्कृत गरिएको), उत्कृष्ट कृषक प्रतियोगिता (जसमा सबैटोलमा कृषकहरुले गरेको कामको मुल्याकंन गरि सबैभन्दा राम्रो बोयर जातका १५ वटा बोका बितरण गरिएको, जसको मुल्य करिब ९ लाख रुपैया रहेको) र अन्र्तर निर्णायक प्रतियोगित (जसमा सबै बिधामा मुल्याकंन गर्न र उत्कृष्ट निर्णय गर्नको लागि सहयोग गर्ने निर्णायक) रहेको थियो ।

कालिका वडा नं. ११ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय मझवाङ्गमा आयोजना गरिएको चोथो पुरस्कार बितरण, विविध सास्कृतीक कार्यक्रम तथा समापन समारोहका प्रमुख अतिथी प्रतिनीधि सभा सदस्य तथा कानुन न्याय तथा मानव अधिकार संसदिय समितीका सभापति कृष्ण भक्त पोखरेलले सपना भिलेजले गरेको कामको प्रशंसा गर्दै हाल अस्पतालहरुले १० प्रतिशत गरिब समुदायलाई निशुल्क उपचार गर्नुपर्नेमा नगरेको बताउदै अब सरकारले त्यो काम उनिहरुलाई गराएरनै छोड्ने बताए । सरकारी अस्पतालमा त्यस्तो समस्या नभएपनि केहि प्राईभेट मेडिकल कलेजहरु तथा अस्पतालले भने त्यसो नगरेको पाईएकोले अब त्यसो नगरे कार्वाहि समेत हुने बताए । उनले अब कम्युनिष्टले कांग्रेसलाई र कांग्रेसले कम्युनिष्टलाई गालि गर्ने बेला सकिएकोले काम गर्न तर्फ लाग्नुपर्ने पनि बताए । यदि हामीले काम गरेनौ र एकले अर्कालाई गालिगलौज मात्र गर्यौ भने जनताले अब माफी नदिने बताउदै अब काम गर्नुको बिकल्प नभएको बताए ।

प्रदेश नं ३ का सांसद घनश्याम दाहालले यदि चेपाङको स्थितीमानै सुधार नभए संघियतामा गएको केहि अर्थ नहुने बताउदै अब चेपाङको जिवन स्थर सुधार्न आवास सहितको शिक्षा हुनुपर्छ भन्ने सोच अनुरुप प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताए ।

कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले अब गरिवलाई भन्दा पनि गर्नेलाई पुरस्कार दिनुपर्छ भन्दै सपना भिलेज कालिका नगरपालिका को कामलाई सकाएर जान लागेकोमा अझै केहि बर्ष नजान अनुरोध गरे ।

ईच्छा कामना गाउपालिकाकी अध्यक्ष गिता गुरुङले सपना भिलेज अब ईच्छा कामना आउनलागेको सुनेर आफु निकै खुशि भएको बताउदै सिद्धिका जनता जस्तै अब ईच्छा कामनाका पिछडीएका र गरिब बासिन्दाहरु लाभान्वित हुने बताईन ।

कार्यक्रममा बिविध सास्कृतीक कार्यक्रम पनि गरिएको थियो । जसमा राष्ट्रिय तथा स्थानिय कलाकारहरु नेत्रजि पन्त, गोबिन्द अधिकारी लगाएतको उपस्थिती रहेको थियो भने रत्ननगर कला मन्दिरले आफ्नो मनोरञ्जनात्मक प्रस्तुति पनि प्रस्तुत गरेको थियो ।

तपाईको प्रतिक्रिया