रत्ननगर । आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि बुटवलका विनोद पौडेल र बैकुण्ठ श्रेष्ठको जोडिने जितेको छ । रत्ननगर ३ बेल्सीमा रहेको प्रस्तावित कर्वडहलमा आइतवार भएको फाइनल खेलमा चितवनका विधान गुरुङ र राजु थापाको जोडीलाई पराजित गर्दै पौडेल र श्रेष्ठको जोडिले उपाधि जितेका हुन । उपाधि विजेता जोडिने नगद ६१ हजार,शिल्ड र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक पुरु खनालले जानकारी दिए ।

उपविजेता गुरुङ र थापाको जोडिले ३१ हजार पुरस्कार,शिल्ड र मेडल प्राप्त गरेको खनालले जानकारी दिए । भेट्रान तर्फ कैलालीका वीरेन्द्र विष्ट र सुरेश बमको जोडी विजय भयो ।

फाइनल प्रतिस्पर्धामा बुद्धि चौधरी र सुरेशकुमार श्रेष्ठको जोडीलाई पराजित गर्दै विष्ट र बमले भेट्रान तर्फको उपाधि जितेका हुन । विजेता जोडीले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार,शिल्ड र मेडल प्राप्त गरेको अर्का संयोजक विकास डल्लाकोटीले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोसित विनोद पौडेलले नगद ५ हजार पुरस्कार पाएका छन । समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ३ का मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार जेएन थपलिया र आयोजक पूर्वी चितवन स्पोटर्स क्लव रत्ननगर ३ का अध्यक्ष केबल न्यौपानेले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा देशभरका ५९ टिमको सहभागिता रहेको क्लवका सचिव राजु भट्टराईले जानकारी दिए । कार्यक्रममा आयोजक क्लवले प्रतियोगिताका संयोजकहरु पुरु खनाल र विकास डल्लाकोटीलाई सम्मान समेत गरेको थियो । समापन कार्यक्रममा वडाध्यक्ष गुप्तनाथ भट्टराई,कार्यपालिका सदस्य मीना गिरी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया