रत्ननगर १२ असोज । रत्ननगरमा रहेको युनिक बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा आइतवार गरिएको छ । साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले आर्थिक बर्ष २०७५/७६ मा ४ करोड १२ लाख ६६ हजार रुपैया खुद मुनाफा गर्न सफल भएको जानकारी दिए । सो आर्थिक बर्षमा १३ करोड ७३ लाख ५३ हजार कुल आम्दानी र ९ करोड ६४ लाख २ हजार खर्च गरी ४ करोड १२ लाख ६६ हजार खुद मुनाफा गर्न सफल भएको उनले जानकारी दिए । २०६५ साल असार ९ गते स्थापना भएको सो सहकारीको हाल १ अर्ब तीन करोड कुल सम्पत्ती, ९ करोड ३२ लाख १२ हजार चुक्ता शेयर पूँजि,७ करोड ४४ लाख ८४ हजार रुपैया जगेडाकोष, ७८ करोड २६ लाख २२ हजार बचत संकलन, ८० करोड ३३ लाख १४ हजार ऋण लगानी गरेको लामिछानेले जानकारी दिए ।

सो सहकारीको ६ हजार ४४ जना शेयर सदस्य रहेका छन । कार्यक्रममा असल तथा उत्कृष्ट करोवार गर्ने बचत तर्फ १० जना र ऋण तर्फ ५ जना,ज्येष्ठ शेयर सदस्य १० जना,एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी ५ जना,प्लस टु १ जना र स्नातक १ जना, उत्कृष्ट कर्मचारी विद्या भूषाल तथा पत्रकार धु्रवराज खनाललाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

युनिक साकोसले पेन्सन बचत योजना,अकस्मिक बचत योजन,आकस्मिक ऋण प्रवाह योजना,रेमिट्यान्स,युनिक स्मार्ट बैङकिङ सेवा सञ्चालन गरिरहेको र भावि दिनमा एटीएम सेवा,सहकारी पसल सञ्चालन,सदस्य दुर्घटना बीमा र सदस्य स्वास्थ्य सेवामा छुटको व्यवस्था दिने जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वनले सहकारीले गरिवी निवारणका लागि काम गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष हरिभक्त घिमिरेको अध्यक्षतमा भएको कार्यक्रममा उपमेयर विमला दुवाडी,संस्थाका संस्थापक अध्यक्ष कमलचन्द्र खनाल,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,विकु सहकारीका सञ्चालक तथा सहकारी प्रशिक्षक इन्द्रराज ज्योति पौडेल,सञ्चालक जनकराज पौडेल र उपाध्यक्ष प्रेमकृष्ण खनाल लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया