रत्ननगरर । रत्ननगरको बकुहरबाट सेवा दिदै आएको अर्पण बचत तथा ऋण सहकारी संस्थाले खैरहनी नगरपालिकामा शाखा खुल्ने भएको छ । सहकारीको १० औँ बार्षिक साधारण सभाको अबसरमा सहकारीका अध्यक्ष यमन भुसालले बताए ।

११ सय ३१ जना शेयर सदस्य रहेको उक्त सहकारीले सेवा प्रवाहलाई सबल बनाउनको लागि नया शाखा बिस्तार गर्न लागेको हो । सहकारीका अध्यक्ष भुसालका अनुसार नेपाल सरकारबाट स्विकृत प्राप्त भईसकेको हुनाले केहि दिनमै नयाँ शाखा सञ्चालनमा आउने छ ।

सहकरीले पुर्बी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिका कार्यक्षेत्र रहेको छ । ४ करोड ७५ लाख ३१ हजार ९ सय शेयर पुजी रहेको संहकारीले सदस्य सापटी कर्जा, साना ब्यबसायि कर्जा, धितो कर्जा, कृषि पशुपालन र सिंचाई कर्जा, हायर पर्चेज कर्जा, ब्यक्तिगत कर्जा लगाएतका सेवा दिदै आएको छ । सहारीले ग्राहगको सुबिदालाई ध्यानमा राखेर बैंङकीङ कारोबार पनि गर्दै आएको छ ।

सहकारीमा बचत तर्फ अर्पण सुपर बचत, अर्पण स्पेशल बचत, दैनिक बचत, मूद्दती बचत, क्रमिक बचत, बाल बचतका प्रकार रहेको सहकारीका सचिब सुरज पौडेलले जानकारी दिए ।

सहकारीको कुल पुजी १४ करोड ३८ लाख ८० हजार ८ सय ७ रहेको सहकारीका कोषध्यक्ष किशोर चालिसेले बताए । चालिसेका अनुसार गत बार्षको तुलनामा यस बर्ष ४ झण्डै ४ करोड बराबरको कारोबार बढेको छ ।







तपाईको प्रतिक्रिया