अनिता अर्याल,
रत्ननगर १३ असोज । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रा डा शेखर कोइरलाले संविधान प्रदान गरेको वाक स्वतन्त्रता माथि सरकाले अंकुश लगाउन खोजेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस चितवन क्षेत्र नं १,सो अन्तगतका प्रदेश क,ख समिति र रत्ननगर,खैरहनी र राप्ती नगर समितिले सयुक्त रुपका आयोजना गरेको बडादसै,दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरलाले यस्तो बताउनु भएको हो ।

देशमा भैरहेको अराजक घटनाप्रति इंगित गर्दै कानुन हातमा लिन खोज्ने कम्युनिष्टहरु बाट नै गणतन्त्र धरापमा पर्न आँटेको भन्दै यस्तै रबैया रहिरहेमा कम्युनिष्टहरुको पतन निश्चित भएको ठोकुवा गर्दै राष्ट संकटमा परेकाले नेतृत्वले गुट उपगुठ व्यवस्थापन गरी कम्युनिष्ट अतिवाद बिरुद्ध एकजुट हुन कांग्रेसलाई ढिलो भैसकेको बताउनु भयो ।

काग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्दा कार्यकर्तामा चरम असुन्तुष्टि आएको भन्दै समय मै नेतृत्वले समयमै ध्यन दिनु पर्ने उहाँको तर्क थियो । कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य बद्रि पाण्डेले दुई तिहाईको कम्युनिष्ट सकार आफैँ भ्रष्टाचारमा चुर्लुम्ब डुबेको आरोप लागाउँदै प्रदेश र स्थानीय सरकारले कारण भ्रष्टचार झनै मैलाउदै गएको उहाँले आरोप लगाउनु भयो सरकारको आयु दुई बर्ष पुग्न लाग्दा पनि भ्रष्टाचारीलाई कारबाहीको सट्टा उन्मुक्ति दिएको भन्दै कम्युनिष्ट सरकार बाट जनताको ज्यूधन र शन्ति सुरक्षा सम्भव नभएको बताउनु भयो ।

कार्यक्रमका जिल्ला सभापति जिल्ला जीतनारायण श्रेष्ठले कांग्रेस बाकेका सभापति किरण कोइराला,केन्द्रीय सदस्य मिलेन्द्र रिजाल र ज्ञानेन्द्र शाही मार्थीको आक्रमण लोकतन्त्र माथीको आक्रमण भन्दै काँग्रेसले यसको कडा प्रतिकार गर्नुपर्ने बताए । रत्ननगर नगर सभापति रुपनराज घिमिरेले अव हुने निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने दावी गर्दै त्यसका लागि नेता र कार्यकर्ताको लगनशीलता आवश्यक पर्ने बताए ।

कार्यक्रममा पूर्व सांसद सावित्री चौधरी,निर्वमान सभापति टेकप्रसाद गुरङ,पूर्व सभापति रामकृष्ण घिमिरे, जिल्ला सचिवहरु उत्तम जोशी,राजिब न्यौपाने,नेता राजेन्द्रप्रसाद बुर्लाकोटी, राप्ती नगर सभापति नारायण उप्रेती,प्रदेश १ क को सभापति देबेन्द्र लामा,ख प्रदेशका सभापति सुजन थापा,जिल्ला सदस्य दिवाकर अर्याल, साविक क्षेत्र नं २ का निवर्तमान क्षेत्रीय सभापति कुमार कार्की, जिल्ला प्रबक्ता निता ढकाल,खैरहनी नगर सभापति शशी खनिया, महासमिति सदस्य जोखा चौधरी, लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरु बीच शुभकामना आदान प्रदान गरी आत्मियता साटासाट गरिएको नेपाली काँग्रेसका जिल्ला सदस्य तथा दरुण दल विभाग प्रमुख प्रलाद सापकोटाले बताउनु भयो । कार्यक्रम क्षेत्रीय सभापति राजु सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १३ की पार्टी सभापति सितु अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया