महेश पाण्डे
१४ असोज, चितवन
नेपालीको अवाज अनलाईन न्युज डेस्क
चितवनको सौराहामा सोमबार रत्ननगर उद्योग वाणीज्य संघको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभ बिजया दशमी, शुभ दिपावली, नेपाल संवत ११४० तथा छठ पर्वको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य शुरेन्द्र पाण्डेले नेताहरुमा भन्दा बढि झगडा ब्यवसायीमा रहेको बताएका छन् । उनले केहि ब्यवसायीहरुमा अहिले पन कोहीले आफ्नो जस्तो ब्यवसाय गरे कतै अब सबै खाईदेलाकी भनेर झगडा गर्ने रिस गर्ने प्रवृत्ती रहेको र यसलाई बदल्न आवश्यक रहेको बताए । उनले ब्यवसायीहरुले नेताले भन्दा फराकीलो मन राखेर ब्यवसायमा लाग्नपुर्ने सुझाव दिए ।
उद्यमी ब्यवसायीलाई सुझाव दिदै उनले भने “पहिला देशमा ब्यवसाय गर्नकोलागि कोही सकारात्मक थिएन, थोरै ब्यवसाय थियो । थोरै ब्यवसाय गर्नेले कमाएकोबाट धेरै पालिनुपर्ने अवस्था थियो । कमाउने मान्छे फटाहा हो भन्ने प्रवृत्ती पनि थियो तर अहिले त्यसमा परिवर्तन भएको छ, खासमा कमाउने मान्छे फटाहा होईन कि उसले कसरी कमायो भन्ने कुरा मुख्य कुरा हो । ”
संस्थाका अध्यक्ष राजाराम रेग्मीले उपस्थित सबैलाई स्वागत गदै शुभकामना सहित उवासंघको यो वार्षीक कार्यक्रम भएको र यस्ता कार्यक्रमले ब्यवसायी र दशकै प्रमुख ब्यक्तित्वहरुको उपस्थितीले गर्दा पनि महत्वपुर्ण भएको बताए ।
कार्यक्रमा प्रतिनीधि सभा सदस्य कृष्ण भक्त पोख्रेल, प्रदेश नं. ३ सांसद घनश्याम दाहाल, कृष्ण खनाल, नगर प्रमुख नारायण बन लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रम संस्थाका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठले समापन गरेका थिए ।