
महेश पाण्डे
१४ असोज, चितवन
नेपालीको अवाज अनलाईन न्युज डेस्क
चितवन रत्ननगरका एक जन प्रतिनिधिले माछा पालन ब्यवसाय सुरु गरेका छन् । रत्ननगर १३ नं. वडाका वडा सदस्य हुकुम सुयलले नेपालमा भर्खरै भित्रीएको नया प्रविधि वायो फ्ल पद्धतीबाट माछा पालन ब्यवसाय सुरु गरेका हुन ।
करिब ३ महिना अघिदेखी काम सुरु गरेका उनले करिब ७ लाखको लगानिमा १० वटा फ्लक बनाई माछा पालन ब्यवसायको सुरुवात गरेका हुन । उनले नेपालीको आवाज अनलाईनसंग कुराकानी गर्दै भने “मैले बायो फ्लक प्रविधिको बारेमा सुने देखीनै मलाई यस प्रति रुचि थियो त्यहि भएका कारण मैले यसको बारेमा ईन्टरनेटमा पनि सर्च गरे र नेपालमै यस प्रविधिलाई भित्र्याउने रत्ननगरकै बिराट लामिछानेको सहयोगमा यो कामको सुरुवात गरे ।”
सोमबार करिब ४ वटा ट्याङ्कमा १२५० का दरले करि ५ हजार माहुर जातका माछाका भुराहरु राखेर कार्यक्रमका प्रमुख अतिथी रत्ननगर नगरपालीकाका नगर प्रमुख नारायण बनले माछापालको उद्घाटन गरेका थिए ।
नगर प्रमुख बनले आफु पनि कृषीकोनै बिद्यार्थी भएकोले बायो फ्लक प्रविधि नया भएपनि कम जग्गामा र कम लागतमा राम्रो आम्दानी गर्न सकिने खालको भएकाले अब बिदेश जानेहरुको लागि राम्रो बिकल्प हुनसक्ने बताए । उनले अन्य मासु भन्दा माछा स्वास्थ्यको लागि पनि उपयुक्त रहेको र बाहिरी देशमा यसलाई भेज मान्ने गरेको बताए । उनले माछा पाल्नको लागि १, २ बिगाह जग्गा चाहीन्छ भन्ने सोचेर यो पेशामा आउन गाह्रो भएकोमरुलाई अब नया प्रविधीले गर्दा निकै सहज हुने बिश्वास लिए । जन प्रतिनिधि भएर पनि राम्रो ब्यवसायमा लागेको भन्दै धन्यवाद दिदै उनले अब रत्ननगर घुम्न आउनेका लागि नगरपालीकाले देखाउने ठाउँ पनि बढेको कुरा ब्यक्त गरे ।
कार्यक्रममा नेपालमै प्रथम पटक यो प्रविधि भिल्याएका बिराट लामिछाने, नविन टोल बिकास संस्थाका अध्यक्ष पूर्ण पुरी लगाएतको उपस्थिती रहेको थियो ।