चितवन । चितवनमा रोटरी क्लब अफ रत्ननगर र पत्रकारहरु बिचको मैत्रीपुर्ण फुटबल बराबरीमा सकिएको छ । रोटरी क्लब अफ रत्ननगरको आयोजनामा मंगलबार बागदेवी आधारभुत बिद्यालय जिरौनामा भएको फुटबलमामा निर्धारित ५० मिनेटको खेलमा दुबै पक्षबाट बराबर ३–३ गोल भएपछि खेल बराबरमा सकिएको होे ।

खेलमा रोटरी क्लबको तर्फबाट दिपेन्द्र शर्मा चापागाईले ३ गोल प्रहार गरि ह्याट्रिक गरेका थिए भने पत्रकारको तर्फबाट महेश पाण्डेले २ गोल तथा रबि रोसीले १ गोल प्रहार गरेका थिए ।

कार्यक्रमका सभाअध्यक्ष तथा क्लबका अध्यक्ष बिपीन पोख्रेलले पुर्वी चीतवनमा सक्रिय रुपमा पत्रकारहरुले कलम चलाई रहदा स्वस्थ्य जिवनको लागि खेलकुद एकदमै आवश्यक रहेकाले त्यहि सन्देश दिनका लागि फुटबलको आयोजना गरिएको जानकारी दिए । उनले रोटरी सामाजिक संस्था भएकाले समाजमा धेरै सहयोगको कार्यक्रममा पनि सहभागी भैरहदा यी यस्ता कार्यक्रले उर्जा मिल्ने र आपसी भाईचारा पनि बढ्ने भएकाले अब देखी वार्षीक क्यालेण्डरमानै कार्यक्रम बनाई हरेक वर्ष मैत्रीपुर्ण फुटबल कार्यक्रम गरिने जानकारी दिए ।

प्रमुख अतिथी रोटरी क्लब अफ रत्ननगरका चार्टर प्रसिडेन्ट राजेन्द्र कुमार श्रेष्ठले पत्रकार जगत देशकै चाथो अंग भएकाले पनि रोटरील पत्रकार जगतको सम्मान स्वरुप स्वस्थ्यका लागि खेलकुद भन्ने नारा राखि कार्यक्रम गर्नु निकै ठुलो कुरा भएको बताए । उनले रोटरी क्लब र पत्रकार जगत फुटबल लगाएतका सामाजिक कार्यक्रममा हातेमालो गरि अगाडी बढ्नुपर्ने कुरा ब्यक्त गरे ।

कार्यक्रमका अतिथी राईटपाथ करियर काउन्सीलीङ चितवनका प्रवन्ध निर्देशक शुरज पौडेलले आफुहरुले उच्च शिक्षाकालागि बिद्यार्थीहरुलाई बाहिर पठाउने मात्र नभई यी यस्तै कार्यक्रममा पनि हातेमालो गरेर अगाडी जान चाहेको कुरा ब्यक्त गरे ।
पूर्वी चितवन पत्रकार मञ्चलाई दिईएको मायाको चिनो तथा शिल मेडल ग्रहण गदै मञ्चका अध्यक्ष होमनाथ सापकोटाले रोटरीएनहरुसंग खेलिएको खेल निकै सौहार्दपुर्ण भएकोले हरेक बर्ष रोटरीएनहरुसंग खेल खेल्न आफुहरु तयार रहेको कुरा ब्यक्त गरे ।
फुटबल कार्यक्रममा म्यान अफ दि म्याच दुबै टिमका दिपेन्द्र शर्मा चापागाई र ध्रवराज खनाल भए भने प्रत्यक गोलकर्तालाई रोटरीएन नवराज अर्यालले प्रतिगोल एक हजारका दरले रकम प्रदान गर्ने घोषणा गरे । कार्यक्रममा मुख्य रेफ्री अजित चौरेल तथा सहायक रेफ्रि सतीष थापा तथा रुमन तमाङ रहेका थिए ।

तपाईको प्रतिक्रिया