विकास पौडेल
चितवन । हिन्दुहरुको महान् पर्व विजयदशमी , दिपावली एंव छठ पर्वको अवसरमा मंगलवार रत्ननगर नगरपालिका वडा नम्वर ९ मा शुभकामना अनदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा वडा कार्यलयको भवन निमार्णको लागि समेत छलफल भएको थियो । वडाले शुभकामना आदान प्रदान साथै भवन निमार्णको लागि सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको वडा सदस्य सरस्वती लामाले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा पुर्व अर्थ मन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले रत्ननगरको सडक विकासको लागि सहरी विकास अन्तर्गत १ अर्व वजेट आएको वताउदै वजेटको सहि सदुपयोग गर्नेेु पर्ने वताउनु भएको थियो । पाण्डेले यस संगै निवार्चन क्षेत्र विकास , तराई मधेस कार्यक्रम अन्तर्गत पनि वजेट हुने भन्दै विकासको गतिले फडकोमार्ने वताए ।

त्यस्तै प्रदेस सभा सदस्य कृष्ण खनालले आफ्नो क्षेत्रको विकासका लागि आफ्नो तर्फ वाट गर्न सक्ने सहयोग गरेको वताउनु भएको छ । खनालले समग्र रत्ननगरको विकासको लागि खगेरी खोला छेउ वाट पर्यटकिय सडक निमार्ण गरि सौराहा, ईकोपार्क हुदै मणिखोला सम्म सफारी गराउन सकिने हुदा यस तर्फ ध्यान दिनुपर्ने वताए । खनालले रत्ननगर ९लाई कृषि भन्दा पनि पर्यटन संग जोड्न सके समगै वडाको प्रगति चाडो हुने र पर्यटकिय क्षेत्रको लागि पनि राम्रो सम्भावना रहेको क्षेत्र भएकोले त्यस तर्फ ध्यान दिनु पर्ने खनालले वताउनु भएको छ ।
आजै अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा वडाका दुई जना जेष्ठ नागरिकलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा ८७ वर्षिय रामचन्द्र अधिकारी र ८६ वर्षिय वेचली राउतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा भित्रका राजनैतिक दलका प्रतिनिधि , विभिन्न संघस्थाका प्रतिनिधि, वालकलवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागिहरुले वडा भित्रका विभिन्न समस्याहरुको वारेमा आफ्ना प्रतिनिधिहरुको ध्यानकर्षण समेत गराएका थिए । उक्त कार्यक्रम वडा अध्यक्ष रोसश आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया