
चितवन १४ असोज । चितवनको पर्यटकिय क्षेत्र सौराहामा मंगलवार गाईट एसोसेटको विशेष साधारण सभा सम्पन्न भएको छ ।
विशेष साधारण सभाको निवार्चन समितिका संयोजक एवं पुर्व गाईट एसोसेटका अध्यक्ष बासु विडारीको उपस्थितिमा सम्पन्न भएको थियो । विशेष साधारण सभाले राजेन्द्र धामीको नेतृत्वमा ९ सदस्य कार्यसमिति निमार्ण गरिएको नवनिर्वाचित अध्यक्ष धामीले वताए । जस्को उपाध्यक्षमा रामेश्वर चौधरी चयन हुनु भएको छ । त्यस्तै सचिवमा ओम प्रकास थापा , कोषाध्यक्षमा भोजराज खतिवडा रहनु भएको छ । सदस्यहरुमा रामचन्द्र सापकोटा , तारा वहादुर बोकटी , सुदिप रिमाल , सागर चौधरी र रमेश न्यौपाने रहनु भएको छ ।