रत्ननगर । गृहिणीको स्वास्थ्य जोगाउन रत्ननगर नगरपालिकाले गरिव तथा गरिव तथा विपन्न समुदायलाई सुधारिएको चुलो वितरण गरेको छ । पैसा नभएर सिलिण्डर ग्यास किन्न नसक्ने आर्थिक हैसियत भएका समुदायको पहिचान गरीे निशुल्क रुपमा सुधारिएको चुलो बिहीबार वितरण गरिएको हो । बुधवार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले चुलो हस्तान्तरण गरेका थिए ।

सो अबसरमा उनले नगरवासीको स्वास्थ्य जोगाउन सुधारिएको चुलो वितरण गरिएको उनले बताए । खाना पकाउन चुलोबाट निस्कने धुवाले गृहणीहरुको स्वास्थ्य जोखिममा परेको छ उनले भने भान्सा कोठावाट धुँवा बाहिर जाने प्रविधिको चुलो वितरण गरेका छौं । पहिलो चरणमा नगरपालिकाले १०५ घरधुरीलाई सो चुलो उपलब्ध गराउने छ । प्रतिनिधि मुलक रुपमा बुधवार १० घरधुरीलाई चुलो हस्तान्तरण गरिएको छ । अन्य घरधुरीलाई वडा कार्यालयबाट वितरण गर्ने कार्यक्रम रहेको मेयर वनले बताए ।

सिलिण्डर ग्यास खरिद गर्न नसक्ने अबस्थाका समुदायको पहिचान गरी सबैलाई चुलो प्रदान गरिने बताए । रत्ननगर नगरपालिकाले गरिव तथा विपन्न बर्ग लक्षित कार्यक्रम ल्याएको छ । आर्थिक अभावकै कारण खरको छानामुनी बस्न बाध्य समुदायलाई केन्द्रित गरी सो नगरपालिकाले जस्तापाता उपलब्ध गराएको थियो । घरको छानोमुक्त नगर बनाउने अभियान अन्तर्गत मेयर नारायण वनले गरिव तथा विपन्न समुदायलाई जस्तापाता उपलब्ध गराएका हुन । यस अघि हामीले जस्तापाता दियौं उनले भने अहिले चुलो दिएका छौं । कार्यक्रममा वडा नं १० का वडाध्यक्ष केशव आचार्य,१३ का वडाध्यक्ष चित्रबहादुर भण्डारी,८ का वडाध्यक्ष विनोद बस्नेत,वडा नं १ का वडा सदस्य शालिग्राम पराजुली लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया