चितवन १५ असोज । मेडिकल स्टकिष्ट अफ नारायणगढको १४ औ साधारण सभा तथा छैठौ अधिवेशन वुधवार सम्पन्न भएको छ ।

वुधवार भएको अधिवेशनबाट बिष्णु प्रसाद वास्तोलाको अध्यक्षतामा ११ सदस्य सर्वसमती नयाँ कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्षमा मदन कृष्ण घिमिरे, महा सचिवमा श्रीनीवास पौड्याल चयन हुनु भएको छ । त्यस्तै सचिवमा विज्ञान पोडेल , कोषाध्यक्षमा प्रकाश गुरुङ्ग र सह कोषाध्यक्षमा रामकृष्ण खकुराललाई चयन गरेको छ ।
जस्को सदस्यहरुमा तारानाथ अधिकारी, धर्मेनद्र आचार्य,नारायण पौडेल र मनोनित सदस्यमा दिपक वस्नेत रहनु भएको नवनिर्वाचित अध्यक्ष वास्तोलाले जानकारी दिनु भएको छ ।

आजै स्मारिका विमोर्चन समेत गरेको छ । संस्थाले स्मारिकाको पहिलो अंक निकालेको स्मारिका प्रकाशन समितिका संयोजक कपिल सुवेदीले वताए ।

कार्यक्रममा वोल्ने अधिकामंश वक्ताहरुले औषधि व्यवसायीलाई राज्यले हेर्ने नजरमा परिवर्तन हुन आवश्यक रहेको वताएका छन् । जनताको स्वास्थय सग प्रत्यक्ष सरोकार राख्ने औषधिमा समेत कर वढी लगाउदा औषधिको मुल्य वढी पर्ने गरेको वताएका थिए । अनुगमनको नाममा राज्यले औषधि व्यवसायिलाई अपराधि झै व्यवहार गर्ने गरेको गुनासो गर्दै त्यस तर्फ राज्यको ध्यान जान आवश्यक रहेको वताएका छन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष सुर्य प्रसाद शर्मा प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै कार्यक्रममा रुद्र मल्ल, इश्वर कुमार भण्डारी , कल्याण जोसि , वद्धि खनाल, जनकराज पौडेल, आन्नद चालिसे लगायतले मन्तव्य राख्नु भएको कार्यक्रम निवर्तमा अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षताका सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया