चितवन । चितवन रत्ननगरका क्यान्सर पिडित ५१ बर्षिय बुटनि गुरो थारु लाई दुबईबाट साठि हजार रुपैया सहयोग प्रदान गरिएको छ ।

सेवा नै धर्म हो भन्ने भावनाका साथमा दुबईमा रहेका मगरा राउत को पहलमा आफुले काम गर्ने कम्पनि निप्पोन जनरल ट्रडिङबाट पठाईएको साठि हजार सात सय पाच रुपैया नगद शुभ प्रभात टोल बिकास संस्थाका अध्यक्ष बिस्णु पुरि लगायतको रोहबरमा निजको परिवार लाई हस्तान्तरण गरिएको सामाजिक अभियन्ता ज्ञानेन्द्र राज पाण्डेले नेपालीको आवाज डट कमलाई जानकारी दिए ।

उनले कोहि कसैले बुटनीलाई सहयोग गर्न चाहेमा उहाका छोराहरु बिनोद र सागरलाई मोबाईल नं. मा ९८६५००८०३७ सम्पर्क गर्न सकिने पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया