महेश पाण्डे
चितवन । खैरहनी—६, पुरानो पर्सामा कुमारी बैंक लि.ले आफ्नो ११० औं शाखाको शुरुवात गरेको छ । देशैभरि आफ्नो शाखा बिस्तारको अभियानमा रहेको बैंकले पुरानो पर्सामा शाखा खोलेको हो । बैंकले अब छिट्टै नया पर्सामा पनि शाखा खोल्ने सौराहा शाखा प्रमुख धनपति लामिछानेले जानकारी दिए ।

प्रमुख अतिथी खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीले सबै बैंक नया पर्सामा मात्र खुल्ने क्रम रहेपनि कुमारी बैंकले भने पुरानो पर्सामा शाखा खोल्नु निकै खुशिको कुरा भएको बताउदै आफ्नो वडा नं. ६ र ७ को खाता पनि यहि बैंकमा खोलि बृद्ध भक्ता बितरण गरिने बताए ।

उनले आजकाल बैंकलहरुले नाफा मात्र कमाउने जस्तो ध्यानमा देखिएको बताउदै सेवाग्राहीको मर्कालाई पनि बुझ्नुपर्ने बताए । उनले सेवाग्राहीले लोन लिदा गरेको सम्झौता भन्दा पनि माथी ब्याजदर बढेर कति पुग्ने हो ठेगान नहुने तर सेवाग्राहीले राखेको बचतको ब्याज भने नबढेको पाईएको बताउदै त्यसले सेवाग्राही सधै मर्का पर्ने गरेको बताए । चौधरीले बैंकहरुले यति नाफ भयो भनेर भनि रहदा सेवाग्राहीको नाफ अनि मर्कालाई पनि बुझ्नु पर्ने बताए ।

उनले २०५४ सालमा गाउ बिकास समितीको अध्यक्ष भएर आफु काम गर्दा पुरानो पर्सामा एउटा मात्र बैंक भएको र त्यो पनि नारायनगढ गएपछि निकै दुःख पाएको बताउदै अहिले पनि बैंकहरु खाली नया पर्सालाई मात्र रोज्न उत्सुक देखिएको बताए ।

कार्यक्रममा खैरहनी उद्योग वाणीज्य संघका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, खैरहनी नगरपालिका वडा नं ६ र ७ का अध्यक्ष राम शरण पाण्डे र म्यानेजर चौधरी, प्रहरी निरीक्षक धनदेव साउद लागाएतको उपस्थिती रहको थियो । कार्यक्रम कुमारी बैंक लि. पुरानो पर्सा शाखा प्रमुख रिता ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कुमारी बैंक लिमिटेडको पुरानो पर्सा शाखाउद्घाटन समारोह मिति : असोज १६, २०७६सबैका लागि, सधैंका लागि

Gepostet von Bipin Sharma Acharya am Mittwoch, 2. Oktober 2019

तपाईको प्रतिक्रिया