महेश पाण्डे
चितवन । राप्ति नगरपालिका–५, भण्डारामा राप्ति बचत तथा ऋण सहकारी संस्था लि. को उद्घाटन भएको छ । गत श्रावण १ गते दर्ता भई राप्ति नगरपालिकाका सबै १३ वटा वडालाई आफ्नो कार्य क्षेत्र बनाई सेवा प्रारम्भ गरेको सहकारीको एक कार्यक्रमका बिच शुक्रबार भुमी ब्यवस्था, कृषी तथा सहकारी मन्त्रि दावा दोर्जे लामाले उद्घाटन गरेका हुन ।

लामाले अबको शहकारी उत्पादन मुखि हुनुपर्ने कुरामा जोड दिएका दिदै बचत तथा ऋण सहकारी लेपनि अब शेयर सदस्य समुह बनाई सामुहीक ब्यवसायीक लगानी गरि काम गर्नुपर्ने बताए । सहकारीले बचत र ऋणको मात्र काम गर्दा जाय जेथा जाने स्थिती बनेको बताउदै अब ब्यवसायीक भएर लगानी मैत्री ढंगबाट काम गर्नुपर्ने कुरा ब्यक्त गरे । हाल प्रदेश सरकारले ५०/५० को अवधारणामा लगानी हुनेगरि ग्रिन हाउस बनाउन लागेको जानकारी दिदै यसतर्फ लाग्न आग्रह गरे ।

उनले हाल चितवनमा धानमा बाला नलाग्ने समस्या देखिएको बताउदै माटो परिक्षण नगरी किसानले धानको बिउ लगाएका कारण यस्तो भएको बताए । उनले अहिलेको युग यान्त्रीक युग भएको बताउदै हजुरबाको पालाको तरिकाले कृषीमा काम गरेर सफल हुन नसकीने कुरा ब्यक्त गरे । उनले अब छिट्टै अत्याधुनीक यन्त्र जडित गाडी माटो परिक्षणको लागि पुर्वी चितवन आउन लागेको जानकारी दिदै यसको फाईदा उठाउन समेत किसानलाई आग्रह गरे ।

करिब १ करोड पुजी र २२४ जना शेयर सदस्य रहेको राप्ति बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष पर्शुराम पाठक, उपाध्यक्ष मैयादेबी खकुराल, सचिव डिल्ली प्रसाद खकुराल, कोषाध्यक्ष सन्तोष उप्रेती, सदस्यहरु क्रमशः राजकुमार बर्तौला, राम ब. खरेल, बालकृष्ण लोहनी, टंक प्रसाद उप्रती, कृष्ण माया मानन्धर, बिष्णुमाया मैनाली र नारायण उप्रती रहको छन भने लेखा समिती संयोजक उमाकान्त त्रिपाठी, सदस्यहरु सागर पाठक, दिलिप हुमागांई, ऋण समति संयोजक राज कुमार बर्तौला, सदस्यहरु कृष्ण माया मानन्धर तथा नारायण उप्रेती रहेका छन् ।

हाल सहकारीले घर घरमा गएर खुत्रुके बचत तथा बाल बचत पनि संकलन गरिरहेकोले संस्थाका ब्यवस्थापक जित बहादुर महत्तोले यसको फाईदा उठाउन सम्पुर्ण शेयर सदस्यलाई आग्रह पनि गरे ।

तपाईको प्रतिक्रिया