चितवन । शुक्रबार रत्ननगर–७, बोद्रहनीमा १५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस रत्ननगर वडा कार्य समिती वडा नं ७ ले २०७६ सालको बिजया दशमी, शुभ दीपावली, नेपाल सम्बत ११४० तथा छठ पर्वको अबसरमा आयोजना गरेको शुभकामना आदान प्रदान, साधारण सदस्यता बितरण, चियापान तथा पार्टी प्रबेश कार्यक्रममा १५० जना स्थानीय नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री महेन्द्र यादबले वर्तमान अवस्थामा नेकपाको दुई तिहाई सरकार हुदाहुदैको प्रतिकुल अवस्थामा पनि नेपाली कांग्रेसलाई आत्मसाथ गर्दै पार्टी प्रवेश गरेकालाई पार्टीले सदैव सम्मान दिने बताउदै हाल देशमा जनतालाई करको नाममा आतकं मञ्चाउने र निहीत स्वार्थमा मात्र केन्द्रित भएको आरोप लगाए । देशमा गरिमामय पदमा बसेरनै बलात्कार, महिला हिंशा, दिन दाहाडै भाला प्रहार गरि गुण्डागर्दी देखाउनु जस्तो अर्मयादीत कामहरु हुदा पनि दुई तिहाईको दम्भ देखाई सामान्यीकरण गर्नु लज्जास्पद भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस चितवन जिल्ला सभापति जीत नारायण श्रेष्ठ, पूर्वराज्य मन्त्री शेषनाथ अधिकारि, जिल्ला सह सचीब सुर्य अर्याल, जिल्ला प्रबक्ता नीता ढकाल, महाअधिबेशन प्रतिनिधि बासु ढुंगाना तथा राममणी खनाल, रत्ननगर सभापति रुपनराज घिमिरे, रत्ननगर बडा ७ का अध्यक्ष लालबहादुर भट्ट राजन , नगर कोषाध्यक्ष शिव बराल, तरुण दलको जिल्ला सचिव प्रल्हाद उप्रेती लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम वडा सचिव सोम तमाङ्ले सञ्चालन गरेका थिए भने वडा सभापति कन्चन चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।