काठमाण्डौ । अन्ततः रोशनी शाहीले निर्वतमान शभामुख कृष्ण हादुर महराबिरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी शैलेस थापा क्षेत्रीकाअनुसार शाहीले महानगरी प्रहरी वृत्त बानेश्वरमा शनिबार उजुरी दिएकी हुन् ।

उजुरी परेसँगै पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुलेको प्प्रहरीले जनाएको छ । डीआईजी क्षेत्रीले भने, ‘उजुरीअनुसार अब उहाँ महरालाई पक्राउ गरी कानुनी प्रक्रियामा जान्छौँ ।’

रोशनी शाहीले गत आइतबार बेलुकी महराले कोठामा आइ बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोमबार एक मिडियामा भिडियोसहित उनका बारेमा समाचार आयो । लगातार अन्य मिडियाबाट पनि समाचार आउन लागे । त्यसको १२ घण्टा नबित्दै शाहीले आफूमाथि महराले कुनै प्रकारको दुर्व्यवहार नगरेको समाचार र भिडियो सार्वजनिक गरिन् । यसै घटनाले गर्दा महाराले सभामुख पदबाट राजिनामा पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया