रवि रोषी, चितवन ।
थारु सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रको जीवा लामिछानेद्धारा समुद्घाटन गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष तथा स्थानीय थारु समुदायद्धारा रत्ननगर नगरपालिका वडा नं. ९ बछौलीमा स्थापित थारु सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रको खेमलाल हरिकला लामिछाने प्रतिष्ठान सहित तथा अन्य संघ, संस्थाहरुको आर्थिक सहयोगमा निर्माण गरिएको थियो ।
सो संग्रहालय तथा अनुसन्धान केन्द्रको निर्माणको लागि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानको तर्फबाट जीवा लामिछानेले १२,३१,१६१ रुपैंया अर्थात् १०००० युरो नगद सहयोग प्रदान गर्नुभएको थियो ।
त्यसैगरी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम माननीय सभासद सुरेन्द्र पाण्डे तथा माननीय सभासद रुकमिणी चौधरीबाट १० लाख, साविक बछौली गाविस (रनपा ५ ६ र ७ वडा बाट ४ लाख, थारु सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रको आन्तरिक श्रोतबाट ५ लाख र स्वयंसेवक बिद्यार्थी फ्रान्सबाट नगद २ लाख गरी कुल ३३ लाख ३१ हजार १ सय ६१ रुपैंयाको लागतमा तयार भएको बताए ।
समुदघाटनको सिलसिलामा आफ्नो मन्तव्य राख्दै रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सामुदायिक रुपमा निर्मित नेपालकै पहिलो संग्रहालय रहेको समेत जानकारी दिंदै प्रवासमा रहेर व्यवशायिक सफलता हात पार्न सफल व्यक्तित्व जीवा लामिछानेको योगदानको बारेमा खुलेर प्रशंशा गर्दै धन्यवाद प्रकट गर्नुभएको थियो । चितवनमा २ भूमिपुत्र रहेको र ति पहाडमा बस्ने चेपाङ समुदाय र चितवनको समथर भूमिमा बस्ने थारु समुदाय हुन् । साँच्चै भन्ने हो भने बसाईंसराईंको वसोवासीय हिसावमा हामीहरु उनीहरुबाट आश्रित हौं । यहाँ दशैं, तीज, तिहार मान्ने सांस्कृतिक मान्यता जस्तै थारु समुदायको सांस्कृतिक अस्तित्व बचाउनु हामीहरुको दायित्व हो, नगरप्रमुख वनले थप्नुभयो ।
जुन भूगोलमा रहेपनि आफ्नो माटो र बाल्यकाल देखि थारु समुदायको संस्कृतिको पेरिफेरीमा घुलमिल भएर रहँदै आएको तत्कालीन अवस्थाका अल्पशिक्षित थारु समुदायको सांस्कृतिक संरक्षण, संवर्धन र प्रवर्धन गर्नु आफ्नो दायित्व रहेको ठानेर खेमलाल हरिकला प्रतिष्ठानले संस्थागत रुपमा आफुले भूमिका खेल्ने अवसर पाएकोमा प्रतिष्ठानका संरक्षक तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितीका पूर्व अध्यक्ष जीवा लामिछानेले खुशी व्यक्त गर्नुभयो ।
नेपाल जर्मन फ्रेण्डशीपका अध्यक्ष, गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष रहिसक्नुभएका जर्मनका लागि नेपालका तर्फबाट अवैतनिक महावाणिज्य दूत राम प्रताप थापाले जीवा लामिछाने जस्ता व्यक्ति देखि लिएर पदमपुरवासीले घर छोडेर अन्त सर्नु नै राष्ट्रिय निकुन्जको स्थापना गर्नुको लागि ठूलो योगदान दिएको र त्यसले पर्यटकीय आवागमनलाई अप्रत्यक्ष रुपमा ठूलो टेवा पुर्याएको छ भन्नुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख राम कुमार अर्यालले कुनै समयको कालखण्डमा थारु समुदायको मात्र अत्याधिक बाहुल्यता रहेको सौराहा, बछौली, पदमपुरमा रहने थारु समुदायमा अन्य संस्कृतिको प्रभाव, प्रकोप र बसाईंसराईले थारु संस्कृति नै लोप हुने हो कि भन्ने खतरा टार्न थारु सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र थप सहायक बन्ने कुरोमा आफु ढुक्क भएको बताउनुभयो ।
वासु ढुंगाना, चन्द्रा चौधरी लगायतका वक्ताहरुले पनि कार्यक्रममा आफ्नो मन्तव्य राख्नुभएको थियो ।
थारु अनुसन्धान केन्द्र भवन उद्घाटन कार्यक्रम साैराहा, चितवन
Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Samstag, 5. Oktober 2019