कार्यक्रम सम्पन्न

चितवन । पुर्बी चितवनका ज्यादै सक्रिय युवाहरुको लोकप्रिय सस्था राइफल युनिटिले भासा, कला ,धर्म र सस्कृती जोगाउने उदेश्यका साथ बिजय दशमी २०७६ को अबसरमा हिजो महा-अस्टमिका दिन वडा दसै शुभकामना तथा सस्कृती प्रबर्द्धन गायन नृत्य नामक सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

सस्थाका अध्यक्ष गणेश तामाङको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रदेश नम्बर ३ का कृषि भुमी ब्यबस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यमा रहेको थियो ।मन्त्री लामाले स्थानिय स्तरमा राइफल युनिटिले गरेको काम र आम जन्ता प्रती पुर्याएको योगदानको खुलेर प्रसङ्सा गर्नुको साथै आगामी दिनमा अझ सक्रिय रहन अनुरोध गर्नु भयो ।

कार्यक्रममा हजारौ दर्सकको उपस्थित रहेको थियो भने स्थानिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती समेत रहेको थियो। कार्यक्रममा राप्ती नगरपालिका वडा न. २ का अध्यक्ष स्याम सुन्दर उप्रेती (राजा) ने.क.पा. का नेता मान ब. स्याङ्बो ,नेपाली काङ्रेसका नेता तथा समाजसेवी रामेश्वर सिंह ओलि, समाजसेवीहरु बिश्वराम सेढाई ,सुदिप रुवाली,निर्देशन त्रिपाठी सन्चारकर्मी गोपाल बिश्वकर्मा लगाएतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया