राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिकामा पहिलो पटक हुन लागेको प्रथम राप्ती महोत्सवमा चेपाङ समुदायका लागी विशेष प्रथामिकता दिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ र राप्ती नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्न महोत्सवमा राप्ती नगरपालिकाको पाहाडी भेगमा रहेका चेपाङ समुदायलाइ प्रथामिकता दिन लागेको हो ।

विहिवार संघको कार्यालयमा बसेको अगुवा सामाजिक कार्याकर्ता तथा आयोजक बिच भएको छलफलले चेपाङ समुदायका व्यक्तिहरुलाई सहुलियत दरमा टिकट उपलब्ध गराउने निर्णय गरेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कडेँलले जानाकारी दिए । त्यस्तै कार्यक्रममा बोल्दै राप्ती नगरपालिका प्रमुख प्रभा बरालले स्थानिय उत्पादन र व्यवसायलाइ प्रथामिकता सुझाव दिइन । उनले महोत्सवको मुख्य उदेश्य स्थानिय उत्पादनलाइ देशभर चिनाउने भएको उक्त उद्ेश्यलाइ सफल कार्यान्वयन गर्ने आग्रह गरिन ।

कार्यक्रममा समाजका अगुवा कार्यकर्ता घनश्याम कडेलले राप्ती महोत्सव सफल बनाउनका लागी सबै जुटन पर्नै बताए । उनले राप्ती लाई देशभर चिनाउनका लागी महोत्सवले ठूलो टेवा पुरयाउने विश्वास समेत व्यक्त गरे ।

महोत्सवको तयारी तिब्र गतिमा भईरहेको र महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरुको बैठक निरन्तर बसीरहेको महोत्सवका प्रचार प्रसार समितिका संयोजक दिनेश सेढाईले जानकारी दिए । “कृषि, पर्यटन , उद्योग र व्यापार, राप्ती विकासको मूल आधार” भन्ने नारा सहित असोज २९ गते देखि असोज ९ गते सम्म महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवभरीका लागि बनाएका स्टलहरुमा जिल्लाका उत्पादन भएका अर्गा्निक वस्तु,पर्यटकिय क्षेत्रका फोटो प्रदर्शनी लगायतका आकर्षण वस्तु प्रदर्शनमा राखिने उद्योग वाणिज्य संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया