
महेश पाण्डे
चितवन । पूर्वी चितवनको खैरहनी–८, पर्सा बजारमा फुल डिजीटल र सुबिधा सम्पन्न म्याङ्गो जन ज्योती सिनेमा हल बिहीबार देखि सञ्चालनमा आएको छ । बिगत लामो समय देखि सञ्चालनमा रहेको पुरानो जन ज्योति हलमा रहेको पुरानो प्रविधी तथा घरनै नया बनाई अहिले सम्मकै नया प्रविधी जडान गरि र एसी सुबिधा सहित हल सञ्चालनमा ल्याईएको हलका अध्यक्ष एस.पि. उप्रेतिले नेपालीको आवाज अनलाईन डट कमलाई जानकारी दिए ।
बिहिबार एक कार्यक्रमका बिच खैरहनी नगरपालीकाका नगर प्रमुख लाल मणी चौधरीले हलको उद्घाटन गरे । कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र बिकास बोर्डका सदस्य तथा बितरक कम्पनी एफ.डीका अध्यक्ष नरेन्द्र महर्जन लगाएतको उपस्थिती रहको थियो ।
करिब ३०९ सिट क्षमता भएको उक्त हल आज (शुक्रबार) देखि प्रर्दशनमा आउन लागेको चलचीत्र छ माया छपक्कैबाट शुरुवात हुन लागेको हो । बिहान ७ः३०, १०ः३०, १ः३०, ४ः३०, ७ः३० को सोमा फिल्म हेर्न सकिने र शुक्रवार ,शनिबार र सोमबार रु ३००,बाकी दिन रु २५०, बिहानी शो मा ५०% छुट रु।१५० रहको हलका अध्यक्ष उप्रेतीले जानकारी दिए ।