
महेश पाण्डे
चितवन । २४ औं बिश्व अण्डा दिवसको अवसरमा देशैभर बिभिन्न कार्यक्रम भैरहदा कुखुरा ब्यवसायी मञ्च, पूर्वी चितवनले पनि आज (शुक्रबार) रत्ननगरमा अण्डा एक परिकार अनेक भन्ने जानकारी दिने उद्देश्यले बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा उपस्थित सबैलाई अण्डा बाट बनेको १५ भन्दा बढि परिकार निशुल्क खुवाईएको थियो । खास गरि अण्डा बाट पनि मासु, केरा सरहनै धेरै परिकारहरु बनाउन सकिन्छ भन्ने सोच अनुरुप कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक रघुनाथ भट्टले नेपालीको आवाज डट कमलाई जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि भुमि ब्यवस्था, कृषी तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अहिले नेपालमा मकै र भटमासको उत्पादन अतिनै न्युन रहेकाले यसलाई बिदेशबाट आयात गर्दा महङ्गो पर्न गएको बताउदै यसको बिकल्प सामुहीक खेति गरि मकै र भटमासको उत्पादन रहेको बताए ।
उनले यदि कुनै समुह बनाई धेरै बिगाह जग्गा भाडामा लिई प्रदेश सरकारकोसंग सहयोगको लागि भनेर आएमा ७५% मेसिनरी सामानमा अनुदान दिने गरेको जानकारी दिए । अबको केहि दिनमा उनले केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई पनि समेट्ने गरि ब्यवसायीबाटनै कुनै कार्यक्रमको आयोजना गरि तिनै तहलाई समस्याको जानकारी गराई कार्यक्र राखेमा अब आउने दिनमा निती निर्माणमा सहयोग हुने बताए ।
कार्यक्रमका मुख्य आकर्षण प्राध्यापक डा. ढुण्डी पौडेलले अहिले बालबालीकाहरुमा जंक फुडको प्रयोग बढ्दै गएकाले क्यान्सर, रक्त अल्पत्ता जस्ता समस्या निकैनै बढेको बताउदै यसको किकल्प अण्डा भएको बताए । उनले अण्डामा भिटामीन सि बाहेक भिटामीन, क्याल्सिएम, न्युट्रेन्स लगाएतका सम्पुर्ण तत्व पाईने भएकाले मानव जिवनको लागि अति उत्तम भएको बताए । डा. पौडेलले अहिल बालबालीकालाई चिजबल, चाउचाउ लगाएतका जंक फुड दिने गरेको मा यो मात्र रोग लाई निम्ता दिने बाटो भएको बताउदै अब अभिभावक सचेत हुनुपर्ने बताए ।
मञ्चका सल्लाहाकार तथा पुर्व अध्यक्ष ज्ञान बहादुर बिसुरालले अहिले सिंगो पोल्ट्रि जगतनै मारमा परेकाले सरकारलाई झक्कझकाउन पनि यस्ता कार्यक्रम उपयोगि हुने बताए ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै मञ्चका अध्यक्ष भिम नारायण श्रेष्ठले कुखुरा ब्यवसायी मञ्च, पूर्वी चितवनले हरेक वर्ष बिश्व अण्डा दिवसको अवसरमा बिशेष कार्यक्रम गर्ने गरेको भएतापनि यस वर्षको कार्यक्रममा अण्डा एक परिकार अनेक भन्ने बिषय पनि राखिएकोले निकैनै महत्वपुर्ण भएको बताए ।
कार्यक्रममा पोल्ट्रि महासंघका केन्द्रिय उपाध्यक्ष टिकाराम पोख्रेल, नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्ष ऋषीराम पौडेल, नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम के.सी., रत्ननगर उद्योग वाणीज्य संघका अध्यक्ष राजाराम रेग्मी
लगाएतको उपस्थिती रहेको थियो ।
बिश्व अण्डा दिवसकाे अबसरमा विशेष कार्यक्रम अायाेजक: कुखुरा ब्यवसायी मञ्च पूर्वी चितवन..
Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Donnerstag, 10. Oktober 2019
बिश्व अण्डा दिवसकाे अबसरमा विशेष कार्यक्रमआयोजक: कुखुरा ब्यवसायी मञ्च पूर्वी चितवन
Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Donnerstag, 10. Oktober 2019