चितवन । ओम अस्पताल भतपुरले चरम लापरबाही गरेको पाईएको छ । आइतबार चितवनको ओम अस्पतालका चिकित्सकले मृत घोषणा गरेको नवजात शिशुको अन्तिम दाहसंस्कार गर्न घाट पुयाएपछि सास फेरेको पाईएपछि यो खुलाशा भएको हो । हेटौंडा २ की २२ बर्षीया अनिता तामाङले आइतबार बिहान ११ः२० बजे बच्चा जन्माएकी थिइन् । त्यसको १० मिनेटपछि डाक्टर बिनोद पाठकले बच्चाको मृत्यु भएको प्रमाणीकरण गरेका थिए । डां. पाठक राम्रो डाक्टरको रुपमानै चिनीए पनि यो घटनामा उनले किन लापरवाही गरे पन्ने प्रश्न खडा भएको छ । हालका दिनमा अस्पतालहरुमानै यस्तो लापरवाही हुन थालेपछि बिरामीहरुमा त्रास फैलिएको छ ।

२४ सातामै जन्मिएको बच्चाको तौल ९ सय ग्राम मात्रै थियो । डाक्टरले मृत घोषणा गरेपछि परिवारले अन्तिम दाहसंस्कारका लागि घाटमा पुयाए । घाटमा पुयाउँदा बच्चाले सास फेरेको देखियो र तत्काल ओम अस्पतालमै पिर्ता ल्याइयो ।

अस्पतालमा ल्याउँदासम्म पनि शिशुले सास फेरिरहेकका थिए । परिवारका अनुसार चिकित्सले बच्चा समयनै नपुगी जन्मिएको, तौल कम भएकाले बाँच्न नसक्ने र बाँचे पनि राम्रो नहुने बताएका थिए । आफूले बच्चा राम्रो नहुन सक्ने भनेपछि परिवारले पनि थप उपचार गर्न चासो नदेखाएको अस्पतालका बालरोग बिशेषज्ञ यज्ञराज शर्माले स्वीकार गरे ।

यसरी सास फेरिरहेका शिशुलाई अति शघन कक्षमा तत्कालै राखेर उपचार गर्नु पर्ने भएपनि भिडियोमा शिशुको उपचारमा लापरवाही गरेको जस्तो देखिन्छ । बिहान ११ः२० मा जन्मिएका शिशु मध्यरातसम्म जीवितै थिए । तर, राति १२ बजे मृत्यु भएको अस्पतालको भनाइ छ । अहिले परिवार र अस्पताल दुबै पक्षले यो घटना मिलिसकेको बताएका छन् ।

तपाईको प्रतिक्रिया