महेश पाण्डे
अमेरिका । देश बिदेशमा गायन क्षेत्रमा ख्याती प्राप्त नाम हो मिलन लामा । हाल उनि आफ्नो सांगेतिक प्रस्तुतीका लािग अमेरिकामा रहेका छन् । उनि दशैं अघिनै अमेरिका जानुपर्ने भएपछि उनि गत असोज ८ गते अर्थात सेप्टेम्बर २५ मा अमेरिकाका लागि उडेका थिए । करिब ४५ दिने लामो सांगेतिक प्रस्तुती पछि कार्तीक १२ गते अर्थात अक्टोबर २९ भाईटिकाको दिनमा उनि नेपाल फर्कनेछन् ।
तपाई अमेरिका करिब ६ पटक भन्दा बढि पटक गई सक्नु भएको छ किन उतै बस्नुहुन्न भन्ने नेपालीको आवाज डट कमको प्रश्नमा उनि भन्छन “अमेरिकामा म ६ पटक आए तर दर्शकको मायाले गर्दा म झन संधै उत्साहित भए, धेरैले मलाई यतै बसम पनि भन्छन तर मलाई सधै जन्मघरको माया लागि रहन्छ त्यसैले म फर्कने गर्छु ।” हुन त उनि काठमाण्डौ सांगेतिक क्षेत्रकालागि निकै महत्वपुर्ण भएपनि चितवन मोहनामा रहेको आफ्नै घरमा बस्दै आएका छन् ।
उनि अमेरिकामा रहदा पेन्सलभेनिया, सिकागो, क्यालीफोर्नीया, भर्मटन, न्युओर्क लगाएतका ठाउंमा सांगेतिक प्रस्तुती दिने कार्यक्रम रहको छ ।

तपाईको प्रतिक्रिया