काठमाण्डौ । काठमाण्डौमा जारी गैर आवासीय नेपाली संघको निवार्चन अनिश्चत भएको छ । आज दिउसो २ बजे हुने भनिएको निर्वाचन साझ आठ बजे सम्म पनि हुन सकेको छैन । समयमा निर्वाचन नभएपछि मतदाताहरु तितरवितर भएका छन । निर्वाचनको लागि अध्यक्षहरु वीच सहमतीको अन्तिम प्रयास भइरहको उच्च स्रोतले जानकारी दिएको छ । अर्का तर्फ केहि वेर अघि मात्र दुवैतर्फको प्यानल परिवर्तन भएको छ । जसको कारण मतदाताहरु अझ अन्यौलमा परेका छन् ।
गैरआबासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने भएको थियो ।
एनआरएनएको अध्यक्षका लागि कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन । पन्त र आचार्यले दुई छुट्टा छुट्टै टिम बनाएर चुनाबी मैदानमा होमिएका हुन ।
संघको विश्वसम्मेलनको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारी बाट भएको हो । संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ । संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १÷१ जना निवाचित हुने भएको हो । े

प्रत्येक क्षेत्रीय समितिबाट एकरएकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वा्चित हुनेछन् । त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वा्चित हुने छन् । विधान बमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया