काठमाडौं । गैरआबासीय नेपाली संघको ९एनआरएनए० को नवौं अन्तराष्ट्रिय महाधिवेशनमा सचिव पदमा उमेदवार दिएका मध्यपूर्व संयोजक समेत रहेका आर के शर्माले आफ्नो बिषयमा केहि मिडीयामा भ्रामक र कपोलकल्पीत समाचार आएको भन्दै आपत्ती जनाएका छन् । उनले यो चुनावी माहोल बिथोल्न र आफुलाई हराउन प्रायोजित समाचार सिवाय अरु केहि नभएको बताए ।
शर्माले आफु एनआरएनमा मध्यपूर्वको प्रतिनिधीत्व गर्दै त्यहाका समस्यालाई संस्थाको एजेण्डा बनाई अगाडी बढ्न उमेदवारी दिएको बताउदै त्यस्ता समाचारले आफुलाई कुनै फरक नपर्ने बताए । यस्ता समाचारले बरु उल्टै मिडीया प्रतिको विस्वास घट्ने तर केहि प्रतिफल नहुने बताउदै संघ चुनावमा गएपनि सबैको मन जितेर अगाडी बढ्ने बताए ।

अाज NRN काे नवाैं अधिवेशन चलिरहदाकाे माहाेलमा सचिव पदका उमेदवार अारे के शर्मा

Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Mittwoch, 16. Oktober 2019

तपाईको प्रतिक्रिया