चितवन । पुर्वी चितवनको रत्ननगरमा चितवनकै सर्वाधिक धनराशीको तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । जसमा कुल २१६ पदकको लागि खेल हुनेछ । रत्ननगर, सरित, सौराह, न्यु स्टार, सौराह, पिठुवा र ईच्छाकामना तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा यही कार्तिक १ र २ गते तेस्रो राष्ट्रिय खुल्ला मैत्री रत्ननगर तेक्वान्दो प्रतियोगिता हुने मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरि आयोजकले सो कुरा जानकारी दिएको हो ।

दुई दिन सम्म चल्ने प्रतियोगिताको खेलहरु होटल स्टार बेन्क्विट टाडीमा हुने मुल समिती संयोजक पुष्पराज जोशीले जानकारी दिए । प्रतियोगितामा देशभरका बिभिन्न डोजाङ्गबाट ४ सय खेलाडीहरुले सहभागीता जनाउने जोशीले बताए ।

अमेरिकाको पोर्टल्याण्डमा रहेको अन्तरराष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप र ललितपुरको मैत्री तेक्वान्दो डोजाङ्गसँगको सहकार्यमा हुने प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरी ४६ ताैल समुहमा प्रतिस्पर्धा हुने उनले जानकारी दिए । यस्तै पुम्सेतर्फ पुरुषको ४ र महिलाको ४ गरी ८ बिधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र १०८ कास्य गरी कुल २१६ पदकको लागि स्पर्धा हुने आयोजकले जनाएको छ । सिनियर पुरुषतर्फ ६ र महिलाको ४ ताैल समुहमाको स्पर्धामा प्रथम हुने खेलाडीहरु मधु पुन: ३ पुरुष र २ महिला सर्वोकृष्ट खेलाडी छनोट गरिनेछ । उनिहरुले जनही १-१ लाख प्राप्त गर्नेछन् । यस्तै बिधागत रुपमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, रेफ्री, टिम र उत्कृष्ट तेक्वान्दो प्रदर्शनीले पनि २५-२५ हजार रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट ५ खेलाडी सन् २०२० को मे १र २ मा अमेरिकाको ईस्टन मिसिगन युनिभर्सिटीमा हुने १३ औ अन्तरराष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिताको लागि छनोट हुनेछन् । यो प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्दै अन्तरराष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिताको १४ औ संस्करण चितवनको सौराहामा गर्ने योजना रहेको मुल समिती संयोजक जोशीले बताए ।

तपाईको प्रतिक्रिया