काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्वसम्मेलन तथा नवौँ अधिवेशनमा आज बिहान १० बजेदेखि सुरु भएको मतदान कार्यक्रम साँझ ६ बजे सकिएको छ ।
बुधबार भोटिङ्ग मेसिनले काम नगर्दा मतदान रद्द हुन पुगेको थियो । कूल २५ सय ७० प्रतिनिधिमध्ये २३ सय ४२ मत खसेको छ । जसमा अमेरिकाबाट २६१, युरोपबाट ९२०, मध्यपूर्वबाट ४७०, ओनेसियाबाट २१४, एसियाबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
सुरुवातमा केही विवाद र ढिलाइ भए पनि आजको चुनाव शान्तपूर्णरुपले सम्पन्न भएको निर्वाचनस्थलबाट नेपालीको आवाजका प्रतिनिधि महेश पाण्डेले जनाएका छन् । निर्वाचन सचिवालयका अनुसार कुनै दाबी विरोध नभएमा नौ बजेदेखि मतगणना सुरु हुने र आज रातिसम्म नतिजा आउने बताइएको छ ।
मतदान सकिएसँगै अध्यक्षका प्रतिस्पर्धी कुमार पन्त र कुल आचार्यमा कसले बाजी मार्लान् भन्ने अडकलबाजीसहित प्रतिनिधिहरु व्यग्र प्रतीक्षा छन् ।