कालिका मिडियाको गौरवमय १७औँ बार्षिक उत्सवका कार्यक्रमहरु सम्पन्न भएका छन् । मोफसलकै सबैभन्दा ठुलो अवार्ड कार्यक्रम हो कालिका मिडिया ग्रुपको कालिका म्युजिक अवार्ड जुन उसले हरेक वर्ष आफ्नो वार्षीक उत्सबमा गर्ने गरेको छ । विहिबार नारायणगढको नारायणीकला मन्दिरमा १५औँ यामाहा कालिका म्यूजिक अवार्ड प्रदान गरेसंगै बार्षिक उत्सवका कार्यक्रमहरु सम्पन्न भएका हुन् । कालिका मिडियाले असोज १ गते देवघाटका बृद्धाबृद्धालाई सम्मान गरेर आफ्नो १७औँ बर्षिकउत्सवका कार्यक्रमको सुरुवात गरेको थियो ।
विहिबार नारायणीकला मन्दिरमा भएको म्युजिक अवार्डमामा बोल्दै बरिष्ठ चलचित्रकर्मी निरविक्रम शाहाले नेपाली चलचित्र र सांगितिक क्षेत्रमा कालिका मिडियाले पु¥याएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो । राष्ट्रको समृद्धसंग जोडिएको चलचित्र उद्योग र संगित उद्योगको उत्थानका लागि कालिका मिडियाले महत्वपुर्ण काम गरेको बताउनुभयो । यस्तै प्रदेश नम्बर तीनकी सांसद रिना गुरुङले कालिका मिडियाले सञ्चार प्रवाह गर्ने मात्र काम नगरि समाज सेवाको पनि काम गरेको बताउनुभयो । कालिका मिडियाले प्रदान गर्ने अवाड मोफसलकै ठुलो अवार्ड भएको समेत बताउनुभयो ।
यसैविच कालिका म्युजिक अवार्डमा यसपालि ‘छक्का पञ्जा ३’ फिल्मको गीत ‘पहिलो नम्बरमा’ले सफलताको ह्याट्रिक गरेको छ । यो गीतले सर्वोत्कृष्ट चलचित्र महिला गायनमा बिन्दु परियार, सर्वोत्कृष्ट संगीतकारमा दिपक शर्मा र वर्षको सर्वोत्कृष्ट गीतको अवार्ड पाएको छ । ‘पहिलो नम्बरमा’ गितको रचना राजेन्द्र थापाले गरेका थिए । कालिका मिडियाले बिहिबार १७औँ वार्षिकोत्सव अवसरमा १५औँ म्युजिक अवार्ड वितरण गरेको हो । मिडियाले लाइफटाइम अचिभमेन्ट सहित ३१ विधामा संगीतकर्मीहरूलाई पुरस्कृत गरेको छ । बर्षको सर्वोकृष्ट बनेको पहिलो नम्बरमा गीतको अवार्ड गायक डेविड शंकर र बिन्दु परियारलाई प्रदान गरिएको थियो । चलचित्र गायन मै पुरुषतर्फ ‘फुल होईन’ गीतका लागि प्रदाप दासले अवार्ड थापे । सर्वोकृष्ट चलचित्र गीतकार तर्फ चलचित्र ‘क्याप्टेन’का गीतकार दिग्गज देउरालीले अवार्ड हात पारे ।
सर्वोकृष्ट भिडियो अभिनयमा ‘ईन्स्टाको फोटो’बाट आशिफ शाहा र महिला तर्फ ‘ईन्स्टाको फोटो’ गीतबाट नै रेश्मा घिमिरेले अवार्ड प्राप्त गरे । भिडियो सम्पादन तर्फ ‘सानोमा सानो’का सम्पादक पवन शुश्लिङले निर्देशनमा अशिम शाहले अवार्ड हात पार्दा सार्वेकृष्ट सिनेमटोग्राफरमा ‘मेरो भागको’ तर्फबाट बुद्ध थापाले अवार्ड पाए ।
सर्वोत्कृष्ट युगल गायनमा ‘कर्के नजर’बाट सञ्जीव पराजुली र टिका प्रसाईले अवार्ड बुझे । त्यस्तै सर्वोकृष्ट संगीत संयोजनको अवार्ड आशिष अबिरलले बुझे । सर्वोत्कृष्ट आधुनिक गीत गायनमा पुरुषतर्फ शिव परियारको ‘मेरो भाग्यको खुसी’ र महिलाफर्त दिपा लामाले ‘कुर्दैछु म’ बाट अवार्ड हात पारे । आधुनिक गीतको संगीततर्फ ‘पिरिम नलाउने’ बाट दिपक शर्मा र शब्दतर्फ ‘त्यो सपना’ बाट होमनाथ न्यौपानेले अवार्ड प्राप्त गरे । सर्वोत्कृष्ट पप गायनमा पुरुषतर्फ ‘सानी’ गीतबाट बुद्ध लामा र महिलातर्फ ‘तिम्रै पखाईमा’ बाट अनामिका मल्लले अवार्ड पाए । पप गीतसंगीत तर्फ पनि ‘सानी’कै गीतबाट अशुसेन लामा र सर्वोत्कृष्ट शब्दतर्फ ‘कवि देवकोटा’ बाट गीतकार एकनारायण भण्डारीले अवार्ड पाए ।
सर्वोत्कृष्ट ब्यान्डतर्फ अभया एण्ड दी स्टीम ईन्जिले अवार्ड थाप्यो । त्यस्तै लोकदोहोरी गायनमा पुरुषतर्फ ‘लालुमै’ बाट सन्दीप न्यौपान र महिलातर्फ ‘गल्बन्दी’बाट शान्ति श्री परियारले अवार्ड पाए । लोकदोहोरी गीतको शव्द संकलनतर्फ रमेश बिजीले ‘छोरो अमेरिका छ’ बाट अवार्ड हात पारे । लोकदोहोरी संगितमा ‘सालको पात’ बाट बसन्त थापा र सर्वोत्कृष्ट स्थानीय लोकदोहोरी कलाकारतर्फ अस्मिता डिसीले अवार्ड लिए । त्यस्तै सर्वोत्कृष्ट मध्य नेपाल गायनमा ‘म तिम्लाई मायाँ गर्छु’का गायक तम्पेशेर राई र सर्वोत्कृष्ट नवप्रवेशी कलाकारमा देबेन्द्र बब्लुले ‘कसरी’ गीतबाट अवार्ड बुझे ।सर्वोत्कृष्ट गजलमा ‘चुप चाप छौ तिमी’ छौँबाट आन्नद कार्की र सर्वोकृष्ट राष्ट्रिय गीतमा सुमित खड्काले हात पारे ।
यस्तै, कालिका मिडियाको १५औँ कालिका म्युजिक अवार्डको लाईफ टाईम अचिभमेन्ट अवार्ड बरिष्ट चलचित्रकर्मी, कवि, गितकार तथा नेपाल टेलिभिजनका संस्थापक निर विक्रम शाहालाई प्रदान गरिएको छ ।
हरेक बर्ष प्रदान गर्दै आएको लाईफ टाईम अचिभमेन्ट अवार्ड आज(विहिबार) नारायणी कला मन्दिरमा प्रदान गरिएको हो । नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा सिंगो जिवन समर्पण गर्नुका साथै नेपाली टेलिभिजन युगको सुरुवात गरेबापत उहाँलाई अवार्ड प्रदान गरिएको कालिका मिडियाले जानकारी दिएको छ । आजका प्रमुख अतिथि समेत रहनुभएका शाहाले यो अवार्डले आफु भन्दा पनि आफ्नो पेशा सम्मानित भएको बताउनुभएको छ । अवार्ड प्राप्त गर्दै शाहाले नेपाली गीत संगीत र चलचित्र क्षेत्रमा कालिका मिडियाले पु¥याएको योगदानको चर्चा समते गर्नुभयो । कार्यक्रममा सिता सुवेदी, पुजन भट्ट, प्रदाप दास, टिका प्रसाई, शिव परियार लगायतले गीत गाएर मनोरञ्जन दिए ।
कालिका मिडियाको वार्षीक उत्सबको अवसरमा आयोजि सास्कृतीक कार्यक्रममा कलाकारहरुको प्रस्तुती हेरौंः