महेश पाण्डे
काठमाण्डौ । अमेरिकामा यस वर्ष पनि चौथो ग्लोबल नेपाली फिल्म अवार्ड हुने भएको छ । आईतबार काठमाण्डौमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको हो । कार्यक्रम अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा यहि नोवेम्भर ३० देखि डिसेम्बर १ सम्म सांझ ६ बजे देखि बकर्लिको यु सी थिएटरमा हुनेछ । जुन थिएटरमा नेपाली कार्यक्रम हुन लागेको पहिलो पटक हो जहा अमेरिकाका ख्याती प्राप्त कलाकारहरुले आफ्नो प्रस्तुती दिने गर्दछन् । जुन अवार्ड कार्यक्रमको आयोजक ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, युएसए, नेपाल फिल्म सोसाईटी नेपाल, गोल्डेन स्टेट मुभि मेकर एलएलसी, युएसए रहेका छन् भने सह आयोजक ८८४८ मिडीया हाउस एलएलसी, युएसए र हिमालयन फाउण्डेशन कोर्प रहेका छन् ।
कार्यक्रममा अवार्डको बारेमा जानकारी दिदै आयोजक संस्था मध्यको एक नेपाल फिल्म सोसाईटी नेपालका अध्यक्ष कृष्ण मल्लले नेपाली चलचित्रकर्मीहरुलाई नेपाली चलचित्रलाई डास्पोरामा प्रबर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्ध नेपाली सिनेमाको बजार प्रबद्धन, सिनेमा टुरिजम बिषयमा अन्र्तक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्र्याउन सहयोग गर्नुनै कार्यक्रमको उद्देश्य भएको बताए ।
अवार्ड सम्बन्धि अन्तिम निर्णयको अधिकार नेपाल फिल्म सोसाईटि अन्र्तगतको जुरि टिमलाई दिईएको भने अमेरिकामा रहने कलाकारसंगको समन्वयको जिम्बेवारि भने ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, ८८४८ मिडीया हाउस एलएलसी, युएसएको रहनेछ ।
कार्यक्रमको स्थानिय ब्यवस्थापनको सम्पुर्ण जिम्बेवारी भने गोल्डेन स्टेट मुभि मेकर एलएलसी, युएसएलाई दिईएको छ ।
कार्यक्रमका ईभेन्ट म्यानेजर सन्दिप कुमारले नेपाल भ्रमण वर्षलाई प्रमोशन गर्ने उद्देश्यले कलाकारहरुको सहभागीतामा बकर्लि सिटिको मुख्य सडकनै बन्द गरि “नेपाल डे परेड” पनि गरिने बताएका छन् ।
कार्यक्रममा निर शाह, भुवन के.सी, शिव श्रेष्ठ, नारायण पुरी लगाएतको उपस्थिती रहेको थियो ।