
चितवन । माछापुच्छे बैंकले रत्ननगर १६ विठुवाको दोवाटो बजारमा सोमवारदेखि शाखा रहित बैङ्किङ सेवा सुरु गरेको छ ।
सेवाको वडाध्यक्ष हेमराज थापाले उद्घाटन गरेका थिए ।
सो अबसरमा उनले पिठुवामा वित्तीय संस्थाको अर्कषण बढदै गएको भन्दै खुसी व्यक्त गरे । एसएसके मनिट्रासर्फमका सञ्चालक सतोष लामाको व्यवस्थापनमा सेवा सञ्चालन गरिने छ ।
शाखा रहित बैङ्किङ सेवाबाट तोकिएका सेवा सञ्चालन गरिने बैंकका टाँडी शाखा प्रमुख रमेश अर्यालले बताए ।
रकम जम्मा गर्ने,रकम झिक्ने,रकामान्तर गर्न लगायतका सेवा सञ्चालन हुने अर्यालल बताए ।
माछापुच्छे बैंकले बैङ्किङ सेवाको पहुँच नपुगेका ठाउँहरुमा सेवा प्रदान गर्न बैंकको काउण्टरका रुपमा बैङ्किङ सेवा सुरु गरिएको अर्यालले बताए ।
कार्यक्रममा पिठुवा दोबाटो साकोसका सचिव बेदप्रसाद लामिछाने,पिठुवा दुग्ध उत्पालक सहकारी संस्थाका अध्यक्ष बद्रिप्रसाद अर्याल,समाजसेवीहरु जयन्द्रकुमार श्रेष्ठ,इश्वर कुमार श्रेष्ठ,शिक्षक रोहिणी न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।