रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा वालक्लवमा आबद्ध वालवालिकाको क्षमता विकासको लागि प्रशिक्षण कार्यक्रम सुरु भएको छ । रत्ननगर नगरपालिकामा सञ्चालित वालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै उपमेयर विमला दुवाडीले रत्ननगरलाई वि.स.२०७६ साल भित्र वालश्रम मुक्त र सन २०२० भित्र वालमैत्री नगर बनाउने लक्ष्य रहेको बताइन ।
कार्यक्रममा संघका अध्यक्ष राजाराम रेग्मीले नगरपालिकाले लिएको लक्ष्य पुरा गर्न श्रमिक वालवालिकाको उद्दार,उनीहरुलाई शिक्षा र परिवारको आयआर्जनको लागि काम भइरहेको बताए । वालश्रम न्यूनीकरणको काम चुनौतीपूर्ण रहदा रहदै पनि यसलाई परिणममुखी बनाउन शुष्मरुपमा काम गरिएको उनको भनाई छ । नगर स्तरीय तथा वडा स्तरीय वालक्लवमा आबद्ध ६४ जनाको सहभागिता रहेको सो कार्यक्रम दुई दिन सम्म चल्ने छ । कार्यक्रममा वालमैत्री अभियान्ता दीपक शर्मा र रत्ननगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विश्वास श्रेष्ठले सहजीकरण गरेका छन । संघका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगर स्तरीय वाल क्लवकी अध्यक्ष रोनिसा घिमिरे,सामाजिक विकास समितिका अध्यक्ष केशव आचार्य,स्वास्थ्य शाखा प्रमुख माधब प्रसाद पौडेल,वालवालिका शाखा प्रमुख रञ्जना पौडेल,लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया