काठमाडौँ । हामी पनि नाच्नुपर्छ बीचबीचमा बोलको तीज गीतमार्फत् लोकप्रियताको उचाइमा पुगेका दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको तिहारको गीतमाथि प्रतिबन्ध लगाइएको छ ।

सरकारले थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

उक्त गीतमा कानूनबमोजिम नेपालमा प्रतिबन्धित लागूऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने गरी संगीत भरेर दृश्य छायांकन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेकाले प्रतिबन्ध लगाइएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गृहमन्त्रालयको पत्रानुसार थापाले आफ्नो युट्यूब च्यानलमा सार्वजनिक गरेको उक्त गीतमाथि आमसञ्चारमाध्यममा प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया