काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–९ मा गौरी जोशीलाई लडाउने डोजर चालक पक्राउ परेका छन् । बाटो नबनाउन अनुरोध गर्न पुगेकी जोशीलाई डोजरको बकेटले लडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो बाहिरिएपछि प्रहरीले तदारूकता देखाएको हो ।

बाटो खन्ने क्रममा डोजरको बकेटले जोशीलाई हिर्काएर गम्भीर घाइते बनाउने चालक केशव बोहोरालाई पक्राउ गरी मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

“आफ्नो जग्गाबाट सडक निर्माण नगर्न अनुरोध गर्न गएकी गौरीलाई बकेटले हिर्काएर गम्भीर घाइते बनाउने डोजर चालक केशव बोहोरालाई हामीले नियन्त्रणमा लिएर अदालतमा प्रस्तुत गर्दैछौं । अदालत लगेपछि के कसुरमा मुद्दा अभियोजन गर्ने भन्ने टुङ्गो लाग्छ,” जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया