भरतपुर । चितवनमा बुधबारदेखि हराएकी एक वृद्धा मृत फेला परेकी छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीया टुल्कीदेवी अधिकारी आज बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् ।

उनी बुधबार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीयले वृद्धाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया