चितवन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेँगुका कारण थप एकको मृत्यु भएको जनाएको छ ।

कार्यालयले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो ।

कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

यसअघि एक जनाको डेँगु र एक जनाको डेँगु र स्क्रवटाईफसबाट मृत्यु भएको थियो । हालसम्म जिल्लामा ज्वरो आएका १३ हजार ८७७ जनाको डेङ्गु परीक्षण गर्दा चार हजार २८० जनामा संक्रमण देखिएको छ । भदौको तेस्रो र अन्तिम साता महामारीको रुपमा देखा परेको डँेगु क्रमशः घट्दै गएको छ ।

तपाईको प्रतिक्रिया